सांकेतिक तस्बिर

समाचार

बैकिङ कसुरमा फरार प्रतिवादी पक्राउ

By खबरहब

May 10, 2022

लमजुङ– बैकिङ कसुर मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ परेकी छन् ।

जिल्ला प्रहरी कार्यालय लमजुङको विशेष टोली र स्थानीय प्रहरीको समन्वयमा लमजुङको दोर्दी गाउँपालिका-४ पाचोक घर भएकी ३० वर्षीया हस्तीमाया गुरुङ पक्राउ परेकी हुन् ।

लुकीछिपी बसेको सूचनाका आधारमा उनलाई वैशाख २४ गते काठमाडाैँ बालाजुबाट पक्राउ गरिएको हो ।

पक्राउ परेकी गुरुङलाई उच्च अदालत पाटनले बैंकिङ कसुर मुद्दामा तीन दिन कैद र तीन लाख ९४ हजार जरिवाना तोकेको थियो ।

तर, गुरुङले जरिवाना वापतको रकम दाखिला गर्न नसकेको हुँदा जरिवाना समेतको रकमलाई कैदमा निर्धारण गरी अदालतले तीन वर्ष ६ महिना २१ दिन कैदमा राख्ने फैसला गरेको छ । मंगलबार लमजुङ जिल्ला अदालतले उनलाई कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डीएसपी कृष्णबहादुर कार्कीले बताए । उच्च अदालत पाटनले २३ फागुन ०७८ मा फैसला गरेदेखि गुरुङ फरार थिइन् ।