१९ औँ एसियाडका लागि भलिबल खेलाडी छनोट « Khabarhub

१९ औँ एसियाडका लागि भलिबल खेलाडी छनोट


२७ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीनको हाङ्गझाउमा आयोजना हुने १९ औँ एसियाडका लागि भलिबल संघले पहिलो चरणमा ३५ महिला खेलाडीको छनोट गरेको छ ।

संघका महासचिव जितेन्द्रबहादुर चन्दको संयोजकत्वमा गठित छनोट समितिले संघले आयोजना गरेको छैटौँ आर.बी.बी.– एन.भी.ए. राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिग–०७९ बाट उक्त खेलाडी छनोट गरेको हो ।

यसअघि गरेको उच्च प्रदर्शनलाई आधार मान्दै एशियन गेम्सका लागि महिला भलिबललाई पनि एसियन गेम्समा समाविष्ट गर्ने निर्णय भएको छ । पहिला चरणमा छनोट हुन सफल खेलाडीहरूमा प्रतिभा माली, शान्ति थारु, उषा भण्डारी, निरुता ठगुन्ना, सफिया पुन, सुनिता खड्का, संगम महतो, कविता भट्ट, मनिषा चौधरी, सलिना श्रेष्ठ, अरुणा शाही, जानकी भण्डारी, प्रगति नाथ, सरस्वती जैशी, कामना विष्ट, लक्ष्मी चन्द, पुनम चन्द, शान्तिकला तामाङ्ग, निशा चौधरी, पुजा थारु, कृपा अधिकारी, आरती सुवेदी, भावना डाँगी, सृष्टि खड्गी, कमला पुन, सरस्वती कट्टेल, रिमा कुँवर, बालमिका आचार्य, भुवनेश्वरी चन्द, एन्जिला प्रधान, सलिना बुढामगर, रेस्मा भण्डारी, हिरा के.सी., उषा विष्ट, मनिष खाण रहेका छन् ।

महासचिव चन्दको संयोजकत्वमा हिमाल दाहाल (उपनिर्देशक, तालिम तथा प्रशिक्षण विभाग), प्रज्वल बहादुर सिंह (मुख्य प्रशिक्षक), जगदिश भट्ट (प्रशिक्षक) र भरत यादव (प्रशिक्षक) सहितको छनोट समितिले पहिलो चरणका लागि खेलाडी छनोट गरेको हो ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ४ : ४७ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र