कहिले आउँछ ओटीटीमा 'आरआरआर' र 'केजीएफ : च्याप्टर २' ? | Khabarhub Khabarhub

कहिले आउँछ ओटीटीमा ‘आरआरआर’ र ‘केजीएफ : च्याप्टर २’ ?


२७ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यो वर्ष साउथ इन्डियन फिल्मले बलिउडलाई समेत छायाँमा परिरहेको छ ।

 निर्देशक एसएस राजामौली निर्देशित ‘आरआरआर’ र यश अभिनीत ‘केजीएफ : च्याप्टर २’ ले विश्वभरबाट एक हजार करोड भन्दा बढीको कलेक्सन गरिसकेका छन् । यी फिल्महरू प्रति दर्शकले देखाएको क्रेजले बलिउडलाई समेत सोच बाध्य बनाइरहेका छन् । यस वर्ष रिलिज भएका कुनै पनि बलिउड फिल्मले लगानी समेत उठाउन सकेको छैन । हलमा अझै प्रदर्शनरत फिल्म आरआरआर र केजीएफ २ को ओटीटी रिलिजको चर्चा बढ्दो छ । यही महिना मेमा नै यी फिल्मलाई ओटीटी प्लेटफर्ममा देख्न पाइने चर्चा बढ्दो छ । आरआरआर मे २० तारिख र केजीएफ : च्याप्टर २ मे २७ तारिखमा रिलिज हुने चर्चा बढेको छ । 

आरआरआर 

बक्स अफिसमा नयाँ नयाँ रेकर्ड बनाउन सफल फिल्म ‘आरआरआर’ ओटीटीमा रिलिज हुने चर्चा छ । एसएस राजामौली निर्देशित फिल्मले विश्वभरबाट एघार सय करोड भन्दा बढीको कमाइ गरिसकेको छ । फिल्म अझै पनि केहि स्थानमा प्रदर्शनरत छ । यद्यपि अब फिल्म ओटीटीमा समय आउने भएको छ । स्टोरी, फायर र वाटरको थिममा देखाइएको तीन ‘आरआरआर’ ले पहिलो दिनमा नै २ सय २३ करोड कमाइ गरेर रेकर्ड बनाएको फिल्मलाई दर्शकले नेटफ्लिक्स र जी फाइभमा हेर्न पाउनेछन् । फिल्मलाई हिन्दी भाषामा नेटफ्लिक्स र तामिल , तेलुगु , कन्नडा र मलयालम भाषाको भने जी फाइभमा हेर्न पाइने छ । हिन्दी बाहेकका अन्य भाषामा रहेको फिल्म यहि महिना मेकै २० तारिखमा उपलब्ध हुनेछ । 

दर्शकमा फिल्म प्रति रहेको क्रेजलाई कायमै गर्न ‘आरआरआर’ लाई ओटीटीमा ल्याउन लागिएको निर्माण पक्षले बताएका छन् । ‘बाहुबली’ को सिरिजबाट राम्रै चर्चा कमाएका निर्देशक एसएस राजामौलीको नयाँ फिल्म ‘आरआरआर’ प्रतीक्षित थियो । बाहुबलीको सिरिजपछि निर्देशक राजामौलीबाट दर्शकले ‘नेक्स्ट लेभल’ को फिल्म अपेक्षा गरे । यो स्वाभाविक पनि हो ।

बाहुबलीको ह्याङ मेटाउन निर्देशक सफल भएकै कारण दर्शकले फिल्मलाई मन पराएका छन् । फिल्ममा निर्देशक राजामौली त छन् नै साथमा साउथ इन्डियन फिल्मका दुई स्टार जुनिएर एन्टीआर र राम चरण पनि भएकाले पछिल्लो समय साउथमा एउटा हिरोलाई नै लिएर विशाल फिल्म बनाएको पाइन्छ । फिल्मले सन् १९२० को पृष्ठभूमिमा ब्रिटिसविरुद्ध लड्ने क्रान्तिकारीको कथा प्रस्तुत गर्छ । ब्रिटिशले एउटा गाउँ कब्जा गरेपछि गाउँले विद्रोही र ब्रिटिस राजमा सिपाही कसरी एक अर्काको साथी बन्छन् र ब्रिटिसविरुद्ध लड्छन् भन्ने फिल्मको मुख्य कथा हो ।

केजिएफ : च्याप्टर २

यसवर्षको प्रतीक्षित फिल्म मध्येको एक ‘केजीएफ : च्याप्टर २’ प्रदर्शनरत छ । प्रदर्शन पश्चात यसले बक्स अफिसमा रेकर्ड बनाइरहेको छ । फिल्मले आक्रामक व्यापारका साथ ओपनिङ समेत गरेको थियो । ‘केजीएफ : च्याप्टर १’ मार्फत सुपरस्टार बनेका यशकै वरपर फिल्मको कथा घुमेको छ ।

पहिलो च्याप्टरको सफलतापछि आउँदै गरेको सिक्वेललाई अझै विशाल बनाइएको छ । फिल्मले विश्वभरको बक्स अफिसमा एक हजार करोड भन्दा बढी कलेक्सन गरिसकेको छ । ‘केजीएफ’ सिरिज मार्फत यश कन्नडा फिल्मबाट भारतकै स्टार बनेका छन् । उनको क्रेज विश्वभर बढेको छ । फिल्ममा यशसँगै श्रीनिधि शेट्टी, सञ्जय दत्त, रविना टन्डन, प्रकाश राज लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

पहिलो च्याप्टर आउँदा सामान्य साउथको फिल्मको रुपमा हेरिएको ‘केजीएफ’ ले कन्नडा फिल्मलाई विश्वभर चिनायो । प्रशान्त नीलको निर्देशनमा बनेको फिल्मले डिजिटल राइट्स वापत ३ सय २० करोड रुपैयाँ पाएको खबर भारतीय मिडियामा छ । फिल्म यही मे महिनाको २७ तारिखमा ओटीटीमा आउने छ ।

 फिल्मले  हलमा नै राम्रो कलेक्सन गरिरहेकाले ओटीटी डिल बारे आधिकारिक रुपमा खुलाइएको छैन ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ८ : ०८ बजे

आजका समाचार : बृहत् विरोध सभाको तयारीमा मोर्चा, नारायणहिटी अगाडि राजावादीको प्रदर्शन र युक्रेन युद्ध अन्त्यको सम्भावना

 सरकारका कारण बढेको असन्तुष्टिले गणतन्त्र रक्षामा चुनौती : समाजवादी मोर्चासमाजवादी

प्रतिनिधिसभाको चैत १५ गतेसम्मको ‘क्यालेन्डर’ तयार

 काठमाडौं– सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभाको आगामी १५ गतेसम्मको ‘क्यालेन्डर’ तयार

सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक 

काठमाडौं– कवि तथा गजलकार सुदिम्न दाहालको पहिलो साहित्यिक कृति ‘साहित्य

युक्रेन युद्धविरामका लागि पुटिनलाई दबाब दिन विश्व नेताहरूलाई आग्रह

 एजेनसी– बेलायतका प्रधानमन्त्री किर स्टार्मरले युक्रेनलाई ‘शान्तिको पक्ष’ भनेर प्रशंसा

समावेशिता नेपालको लोकतान्त्रिक गणतन्त्रको आधारस्तम्भ हो : महासचिव पोखरेल

 काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले