बैतडीस्थित पाटनको हवाई सेवा अढाइ महिनादेखि बन्द  « Khabarhub

बैतडीस्थित पाटनको हवाई सेवा अढाइ महिनादेखि बन्द 


२७ जेष्ठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीस्थित पाटनको हवाई सेवा अढाइ महिनादेखि बन्द रहेको छ । गत चैत १० गते पाटन–धनगढी उडान भएपनि त्यसपछि हवाई सेवा बन्द रहेको हो । साताको एक दिन बिहीबार पाटनबाट धनगढीसम्म समिट एयरले उडान भर्दै आएको थियो ।

नियमितरूपमा उडान हुने गरेकामा हाल यात्रु नपाउँदा बन्द रहेको नागरिक उड्डयन कार्यालय पाटनका वरिष्ठ अधिकृत चेतराज भट्टले जानकारी दिए । समिट एयरले यात्रु बढी पाइने पर्यटकीय क्षेत्रमा बढी उडान भइरहेकाले पाटन आउन नसकेको जनाएको छ । उनले भने, ‘यात्रु नहुँदा नियमित उडान गर्न सकिएको छैन, लुक्ला र जोमसोमतिर पर्यटकहरूको घुइँचो छ, उतैतिर बढी उडान भर्ने गरेको छ’ ।

अढाइ महिनादेखि बन्द रहेको हवाई सेवा अबको दुई हप्तासम्म पुनः सञ्चालनमा आउने समिट एयरका सम्पर्क व्यक्ति कृष्णदत्त भट्टले जानकारी दिए । उनले भने, ‘लुक्ला जोमसोमलगायतका पर्यटकीय क्षेत्रमा हाल उडान भइरहेको छ, उता बढी यात्रुको चाप हुने सिजन हो, अब उताको सिजन सकिँदैछ, केही हप्तापछि यता नियमितरूपमा सञ्चालन हुन्छ’ ।

अठार यात्रु क्षमताको समिट एयरको जहाजका साप्ताहिकरूपमा उडान हुँदै आएको थियो । यसअघि गत पुसदेखि पनि यहाँको हवाई सेवा बन्द भएको थियो । यात्रु अभाव र मौसम अनुकूल नहुँदा हवाई सेवा बन्द रहेकामा फागुन पहिलो साता सञ्चालन भएको थियो ।

प्रकाशित मिति : २७ जेष्ठ २०७९, शुक्रबार  ११ : ५४ बजे

नेपालको ऋण मुक्तिको सङ्कल्पले महालक्ष्मी विशेष साधना

काठमाडौँ– नेपाल महर्षि वैदिक फाउण्डेशनले राष्ट्र ऋण मुक्त गरी समृद्धिको

मोटरसाइकलको ठक्करबाट युवकको मृत्यु, चालक पक्राउ

जनकपुरधाम– धनुषाको जनकपुरधाम उपमहानगरपालिका-१९ कठाइतमा मोटरसाइकलको ठक्करबाट एक युवकको मृत्यु

यौन हिंसासम्बन्धी प्रस्तावित विधेयकमा थप सुधारको आवश्यकता

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले यौन हिंसासम्बन्धी तयार

एनपीएल सर्वाधिक रनमा युवराज, लोकेश, कुशललाई पछ्याउँदै राशिद : कसको ब्याट कति चल्यो ?

काठमाडौँ – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरण

सहयोग रकम बुझ्दै महावीरले भने- दैवी प्रकोप उद्धार कोषको पैसा दुरुपयोग हुँदैन

काठमाडौं– विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले प्रधानमन्त्री दैवी