जाजरकोटमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ जना घाइते  « Khabarhub

जाजरकोटमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ जना घाइते 


२७ जेष्ठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट– जाजरकोटको जुनिचाँदे गाँउपालिका–५ वलेबनमा आज जिप दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।  मृत्यु हुनेमा जिपमा सवार दैलेखको गुँरास गाँउपालिका–७ की अन्दाजी ३४ वर्षीया कालिका शाही, सोही गाँउपालिका–५ शिवपुरीकी अन्दाजी ४० वर्षीया पुतला गिरी र सोही स्थानका अन्दाजी २१ वर्षीय दर्शन शाही रहेका छन् । 

दुई जनाको घटनास्थलमा र एक जनाको उपचारको लागी अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।  घाइते भएका अन्य सबैलाई उद्धार गरि उपचारको लागी जिल्ला अस्पताल जाजरकोट तर्फ पठाइएकोमा हेलिकप्टरद्वारा थप उपचारको लागी सुर्खेत पठाउने तयारी भइरहेको छ । घाइते मध्ये चालक सहित ३ जनाको अवस्था गम्भीर रहेको छ । 

लुहादहबाट शिवपुरीतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च ०३४१ नम्बरको जिप आज बिहान साढे ७ बजे एक्कासी ब्रेक फेल भएर पल्टिएको ईलाका प्रहरी कार्यालय गर्खाकोट जाजरकोटले जनाएको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०७९, शुक्रबार  १२ : २७ बजे

पाथीभराबाट तीन महिनामा ३३ लाख बढी सङ्कलन

ताप्लेजुङ – यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्ष

आजका समाचार : भित्र्याइयो फूलपाती, गगनले ग्रहण गरे पदभार, साइबर ब्युरोबाट श्रेष्ठ छुटे र क्यानडासँग नेपाल पराजित

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा