प्रधानसेनापति र इण्डोनेसियाका गैरआवासीय राजदूतबीच भेटवार्ता  « Khabarhub

प्रधानसेनापति र इण्डोनेसियाका गैरआवासीय राजदूतबीच भेटवार्ता 


२७ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालको लागि इण्डोनेसियाका गैर–आवासीय राजदूत हेरु हार्टएन्टो सुबोलोले प्रधानसेनापति प्रभुराम शर्मासँग शिष्टाचार भेट गरेका छन् ।

सैनिक मुख्यालय जंगी अड्डा पुगी उनले आज प्रधानसेनापतिसँग भेटवार्ता गरेका हुन् । प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।

‘यस किसिमको भेटघाटले दुई देशबीच रहीआएको आपसी सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ,’ सेनाद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रधान सेनापति शर्मा केही दिनपछि शान्ति सैनिकहरू तैनाथ रहेका मुलुक हुँदै अमेरिका भ्रमणमा जाने तय भएको छ ।

 

प्रकाशित मिति : २७ जेठ २०७९, शुक्रबार  ३ : ०२ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी