सत्तारुढ गठबन्धनले संविधान तोडमोड  र च्यातचुत गर्‍यो : ओली  « Khabarhub

सत्तारुढ गठबन्धनले संविधान तोडमोड  र च्यातचुत गर्‍यो : ओली 


२७ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले संविधान तोडमोड गरेको बताएका छन्। पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई शुभकामना दिन विराटनगर आएका ओलीले विमानस्थलमा स्थानीय सञ्चारकर्मीसँग कुराकानी गर्दै गठबन्धनले संविधान कार्यान्वयन नगरेर भत्काउँन खोजेको आरोप लगाए।

उनले आफ्नो संसद् विघटन गर्ने कदम ठिक रहेको दाबी गर्दै चुनाव नभएर अहिले देश अस्तव्यस्त बनेको बताए। उनले एमालेबाट टुक्रेर बनेको माधवकुमार नेपाल नेतृत्वको समाजवादी पार्टीप्रति लक्षित गर्दै पार्टीको निर्णय नै प्रधानमन्त्रीले नमानेपछि मन्त्री फेर्न नसकेर खुइय गर्दै बसेको बताए।

त्यस्तै अध्यक्ष ओलीले पार्टी छाडेर गएकाहरूलाई स्वागत नगर्ने पनि बताएका छन् । उनले कार्यकर्ताहरूलाई पार्टी प्रवेशमा रोक नभएको  स्पष्ट पारे । ओलीले भने, ‘कार्यकर्ताहरूलाई पार्टी प्रवेशमा रोक लगाएका छैनौँ, पार्टी छाडेर गएकाहरू पार्टी प्रवेश गर्न  हुन्छ’  तर, स्वागत गर्ने चलन छैन ।’

उनले आगामी १७ गते सत्ता गठबन्धनबारे आफूले गरेको भविष्यवाणीको लक्षण देखिन थालेको दाबी गरे । ‘पार्टीले निकालेका मन्त्रीलाई प्रधानमन्त्रीले कायम राखे, पार्टी निरीह भएर हेरेको छ, पार्टीले मन्त्री निकाल्यो, तर निक्लिएनन्, पार्टीको हालत यस्तो भइसक्यो,’ उनले भने ।स्थानीय तहको निर्वाचनमा सिट संख्यामा एमाले दोस्रो भए पनि लोकप्रिय मतका आधारमा पहिलो भएको ओलीको भनाइ थियो । उनले आउँदो प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा देशवासीले अत्यधिक मतले एमालेलाई विजयी गराउने बताएका छन् ।

प्रकाशित मिति : २७ जेठ २०७९, शुक्रबार  १ : १३ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार