सत्तारुढ गठबन्धनले संविधान तोडमोड  र च्यातचुत गर्‍यो : ओली  « Khabarhub

सत्तारुढ गठबन्धनले संविधान तोडमोड  र च्यातचुत गर्‍यो : ओली 


२७ जेष्ठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले संविधान तोडमोड गरेको बताएका छन्। पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई शुभकामना दिन विराटनगर आएका ओलीले विमानस्थलमा स्थानीय सञ्चारकर्मीसँग कुराकानी गर्दै गठबन्धनले संविधान कार्यान्वयन नगरेर भत्काउँन खोजेको आरोप लगाए।

उनले आफ्नो संसद् विघटन गर्ने कदम ठिक रहेको दाबी गर्दै चुनाव नभएर अहिले देश अस्तव्यस्त बनेको बताए। उनले एमालेबाट टुक्रेर बनेको माधवकुमार नेपाल नेतृत्वको समाजवादी पार्टीप्रति लक्षित गर्दै पार्टीको निर्णय नै प्रधानमन्त्रीले नमानेपछि मन्त्री फेर्न नसकेर खुइय गर्दै बसेको बताए।

त्यस्तै अध्यक्ष ओलीले पार्टी छाडेर गएकाहरूलाई स्वागत नगर्ने पनि बताएका छन् । उनले कार्यकर्ताहरूलाई पार्टी प्रवेशमा रोक नभएको  स्पष्ट पारे । ओलीले भने, ‘कार्यकर्ताहरूलाई पार्टी प्रवेशमा रोक लगाएका छैनौँ, पार्टी छाडेर गएकाहरू पार्टी प्रवेश गर्न  हुन्छ’  तर, स्वागत गर्ने चलन छैन ।’

उनले आगामी १७ गते सत्ता गठबन्धनबारे आफूले गरेको भविष्यवाणीको लक्षण देखिन थालेको दाबी गरे । ‘पार्टीले निकालेका मन्त्रीलाई प्रधानमन्त्रीले कायम राखे, पार्टी निरीह भएर हेरेको छ, पार्टीले मन्त्री निकाल्यो, तर निक्लिएनन्, पार्टीको हालत यस्तो भइसक्यो,’ उनले भने ।स्थानीय तहको निर्वाचनमा सिट संख्यामा एमाले दोस्रो भए पनि लोकप्रिय मतका आधारमा पहिलो भएको ओलीको भनाइ थियो । उनले आउँदो प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा देशवासीले अत्यधिक मतले एमालेलाई विजयी गराउने बताएका छन् ।

प्रकाशित मिति : २७ जेष्ठ २०७९, शुक्रबार  १ : १३ बजे

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई