काठमाडौंको फोहोरमैला व्यवस्थापन गर्न संसदीय समिति गठन गरिने « Khabarhub

काठमाडौंको फोहोरमैला व्यवस्थापन गर्न संसदीय समिति गठन गरिने


२७ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौंको फोहोर व्यवस्थापनका लागि संसदीय समिति गठन हुने भएको छ । पटक पटक समस्या हुँदै आएको काठमाडौंको फोहोर व्यवस्थापनको लागि जनप्रतिनिधिसहितको संयन्त्र बन्न लागेको हो । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बलियो संयन्त्र बनाएर मात्रै समस्या समाधान गर्न सकिने बताइन् । 

शुक्रबार बिहान मन्त्रालयमा सिसडोल र बञ्चरेडाँडाका स्थानीयसँग गरिएको छलफल कार्यक्रममा मन्त्री झाँक्रीले फोहोरमैला व्यवस्थापनको लागि बलियो संयन्त्र बनाउनुपर्नेमा जोड दिएकी हुन् । त्यसका लागि सरकारीभन्दा पनि जनप्रतिनिधि संलग्न रहेको समिति बनाउनु राम्रो हुने बताइन् ।  ‘हामीले बलियो संयन्त्र बनाउँछौं । मन्त्रीहरू त आउने जाने भइरहन्छ । यसका लागि माननीयज्यूहरू संलग्न समिति बनाउनु राम्रो हुन्छ । त्यसका लागि प्रधानमन्त्रीज्यूसँग पनि छलफल गर्छौ र समिति बनाएर काम अगाडि बढाउँछौ,’ मन्त्री झाँक्रीले भनिन् । 

छलफलको क्रममा बलियो संयन्त्र बनाएर अनुगमन तथा व्यवस्थापन गर्नुपर्नेमा जोड दिइएको थियो । नुवाकोट र धादिङका स्थानीय तहका जनप्रतिनिधिहरूले फोहोरको समस्या बेला बेला उठ्ने गरेको भन्दै त्यसको दीर्घकालीन समाधान खोजिनुपर्नेमा जोड दिएका थिए । सोही क्रममा मन्त्री झाँक्रीले मन्त्री तथा कर्मचारीहरूबाट भन्दा पनि प्रतिनिधिसभा सदस्यहरू संलग्न समिति गठन गर्दा राम्रो हुने बताइन् । त्यसका लागि प्रधानमन्त्रीसँग छलफल गरिने र संसद्‌बाट समिति गठन गरिने बताइन् । 

मन्त्री झाँक्रीले भनेको समितिको संयोजकको लागि नेकपा एमाले सांसद रामवीर मानन्धरले इच्छा व्यक्त गरेका छन् । संसद्मा बोल्दै सांसद मानन्धरले काठमाडौंको फोहोरमैला व्यवस्थापनको जिम्मा आफूलाई दिन आग्रह गरेका हुन् ।  आफ्नै अध्यक्षतामा फोहोरमैला व्यवस्थापन संसदीय समिति गठनको प्रस्ताव गरेका हुन् । ‘काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार हुन मैले आकांक्षा गरेको थिएँ,  तर म उम्मेदवार बन्न पाइनँ । फोहोरमैलाले अहिले काठमाडौं अस्तव्यस्त ध्वस्त भइरहेको छ । सरकारसँग सभामुखमार्फत एउटा माग राख्न चाहन्छु, मेरो अध्यक्षमा फोहोरमैला व्यवस्थापन संसदीय समिति निर्माण गरियोस्’, उनले भने ।

काठमाडौंको फोहोर व्यवस्थापन आफूले मात्रै गर्न सक्ने उनको दाबी छ । स्थानीय तहका जनप्रतिनिधि निर्वाचित भएको एक महिना बितिसकेको तर, फोहोरको समस्या झन दिनप्रतिदिन बढ्दै गएको उनको भनाइ छ । वर्तमान सरकार बनेको पनि एक वर्ष भएको भन्दै फोहोर व्यवस्थापन गर्नका लागि एउटा इच्छा शक्ति भएको व्यक्ति चाहिएको र त्यो व्यक्ति आफू भएको बताए । 

प्रकाशित मिति : २७ जेठ २०७९, शुक्रबार  २ : १० बजे

धार्मिक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको ‘महादेव थान’

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–१ स्थित कावा खोलाको किनारमा रहेको ऐतिहासिक

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्री (खुला २) पदका

विश्वकप लिग- २ : आज नेपाल र ओमान खेल्दै

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा आज नेपालले ओमानसँग प्रतिस्पर्धा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गायिका एलिना र मेलिनाबीच मनमुटाव : एउटै फेसन व्यवसायका पूर्वसहयोगी अब प्रतिस्पर्धी

कुनै समय एउटै व्यवसायमा सहकार्य गरेका गायिका एलिना चौहान र