फाइल तस्वीर- अनादोलु एजेन्सी

अन्तर्राष्ट्रिय

अफगानिस्तानमा भएको बम विष्फोटमा परी ६ जनाको मृत्यु

By खबरहब

June 10, 2022

काठमाडौँ- अफगानिस्तानमा भएको बम विष्फोटमा परी ६ जनाको मृत्यु भएको छ । दक्षिणी अफगानिस्तानको कान्दाहार प्रान्तस्थित स्पिन बोल्दाक क्षेत्रमा गाडीमा विस्फोट हुँदा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मारिनेमा पाँच सुरक्षाकर्मी समेत रहेका छन् ।

घातक आक्रमणको पुष्टि गर्दै स्पिन बोल्दाक जिल्लाका प्रहरी प्रमुख मौलावी मोहम्मद हाशिम महमुदले विगतका युद्धहरूबाट बाँकी रहेका विस्फोटक पदार्थले गाडीमा प्रहार गरिएको थियो ।

स्थानीय सञ्चारमाध्यम टोलोन्युजले पनि विस्फोटमा एक नागरिक र प्रशासनका पाँच सुरक्षाकर्मीसहित ६ जनाको मृत्यु भएको जानकारी दिएको छ ।

गत वर्ष अगस्टमा तालिबानले अफगानिस्तान कब्जा गरेपछि सडक किनारमा बम विस्फोट र हिंसात्मक घटनाहरू घटेका छन् र तालिबान नेतृत्वको कामचलाउ सरकारले सबै अफगानहरूलाई घर फर्कन र आफ्नो मातृभूमिको पुनर्निर्माणमा हातेमालो गर्न आह्वान गरेको छ ।