हमाल भन्छन्, ‘उमेर गन्न छाडे’  « Khabarhub

हमाल भन्छन्, ‘उमेर गन्न छाडे’ 


२७ जेष्ठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अभिनेता राजेश हमालले बिहीबार ५८ औँ जन्मोत्सव मनाएका छन् । उनले एक इभेन्टको बीच केक काटे । यद्यपि त्यहाँ उनको उमेर १८ वर्ष लेखिएको थियो । यसले उनको १८ औँ जन्मोत्सव संकेत समेत गर्‍यो । यो देखेपछि उपस्थित सञ्चारकर्मीले प्रश्न गरे, ‘उमेर कति भयो’ ?। अभिनेता हमालले ठट्यौली शैलीमा जवाफ फर्काए, ‘१८ वर्ष पुगेपछि उमेर गन्न छाडे’ ।

 ‘म जब १८ वर्ष पुगेको थिएँ त्यो समयदेखि उमेर गन्न छाडिदिएँ । त्यसैले १८ लेखिएको होला’ हमालले आफू युवा नै रहेको तर्क अगाडि सारे । सामाजिक सञ्जाल मार्फत पनि हमालले दैनिकी प्रस्तुत गरिरहेका हुन्छन । उनले आफ्नो दैनिकीले अरुलाई स्वास्थ्य रहन प्रेरित गर्ने बताउँछन् । ‘मैले सामाजिक सञ्जालमा साट्ने भावनाले अरुलाई प्रेरित गरोस् भन्ने लाग्छ । यसैले गर्दा म प्राय शारीरिक व्याम गरिरहेको तस्वीर सार्वजनिक गर्ने गरेको छ’  हमालले भने । 

बेलाबखतमा दिने अन्तरवार्तामा पनि उनले खानपान देखि बिहानी पख गर्नु पर्ने व्यायामको बारेमा सुझाउने गरेका छन् ।

प्रकाशित मिति : २७ जेष्ठ २०७९, शुक्रबार  ३ : ३७ बजे

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला