सेयर बजारका सबै सूचक घटे, कारोबार रकम पनि १ अर्बमुनि खुम्चियो « Khabarhub

सेयर बजारका सबै सूचक घटे, कारोबार रकम पनि १ अर्बमुनि खुम्चियो


२७ जेष्ठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- साताको अन्तिम दिन शुक्रबार सेयर बजारका सबै सूचक घटेका छन् ।

शुक्रबार नेप्से परिसूचक १४.६४ अंकले घटेर २०४८ अंकमा कायम भएको छ । आज कारोबार रकम पनि १ अर्बमुनि खुम्चिएको छ । कुल २२९ कम्पनीका ३० लाख ४५ हजार ८३८ कित्ता सेयर ८९ करोड ४१ लाख २४ हजार ११४ रुपैयाँमा कारोबार भएको छ ।

आज सबै उपसमूहका सूचक राताम्मे भएका छन् । बैंकिङ ५, विकास बैंक ३९, फाइनान्स १८, होटल तथा पर्यटन ३४, जलविद्युत् ७, जीवन बीमा ६८, उत्पादन १००, माइक्रोफाइनान्स २५, निर्जीवन बीमा ७९, अन्य २७ र ब्यापार उपसमूह २१ अंकले घटेका छन् ।

तीन कम्पनीको मूल्य भने १० प्रतिशत बढेको छ । ग्रिन भेन्चर, उपकार लघुवित्त र बेफी हाइड्रोपावरको मूल्य १० प्रतिशत बढेकाे हाे । कारोबार रकमका आधारमा कुमारी बैंक, इन्भेष्टमेन्ट बैंक, मेरा बैंक, शिवम् सिमेन्ट र एनआईसी एसिया बैंक क्रमश: अगाडि रहेका छन् । सामुदायिक लघुवित्त र युनिलिभरको मूल्य ५ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०७९, शुक्रबार  ४ : ३४ बजे

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका