सेयर बजारका सबै सूचक घटे, कारोबार रकम पनि १ अर्बमुनि खुम्चियो | Khabarhub Khabarhub

सेयर बजारका सबै सूचक घटे, कारोबार रकम पनि १ अर्बमुनि खुम्चियो


२७ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- साताको अन्तिम दिन शुक्रबार सेयर बजारका सबै सूचक घटेका छन् ।

शुक्रबार नेप्से परिसूचक १४.६४ अंकले घटेर २०४८ अंकमा कायम भएको छ । आज कारोबार रकम पनि १ अर्बमुनि खुम्चिएको छ । कुल २२९ कम्पनीका ३० लाख ४५ हजार ८३८ कित्ता सेयर ८९ करोड ४१ लाख २४ हजार ११४ रुपैयाँमा कारोबार भएको छ ।

आज सबै उपसमूहका सूचक राताम्मे भएका छन् । बैंकिङ ५, विकास बैंक ३९, फाइनान्स १८, होटल तथा पर्यटन ३४, जलविद्युत् ७, जीवन बीमा ६८, उत्पादन १००, माइक्रोफाइनान्स २५, निर्जीवन बीमा ७९, अन्य २७ र ब्यापार उपसमूह २१ अंकले घटेका छन् ।

तीन कम्पनीको मूल्य भने १० प्रतिशत बढेको छ । ग्रिन भेन्चर, उपकार लघुवित्त र बेफी हाइड्रोपावरको मूल्य १० प्रतिशत बढेकाे हाे । कारोबार रकमका आधारमा कुमारी बैंक, इन्भेष्टमेन्ट बैंक, मेरा बैंक, शिवम् सिमेन्ट र एनआईसी एसिया बैंक क्रमश: अगाडि रहेका छन् । सामुदायिक लघुवित्त र युनिलिभरको मूल्य ५ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : २७ जेठ २०७९, शुक्रबार  ४ : ३४ बजे

पोखराको लेकसाइडबाट आठ बालिकाको उद्धार : तीन स्पा सेन्टर कारबाहीमा

पोखरा – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडस्थित विभिन्न स्पा

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार