युगान्डामा भोकमरीको समस्या देखियो « Khabarhub

युगान्डामा भोकमरीको समस्या देखियो


२७ जेष्ठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफ्रिकी मुलुक युगान्डामा पनि भोकमरीको समस्या देखा परेको छ । संयुक्त राष्ट्रसंघीय निकायहरुले युगान्डामा पनि भोकमरीको समस्या देखा परेको भन्दै सहयोगका लागि आह्वान गरेका छन् ।

ती एजेन्सीहरुले युगान्डाका कम्तीमा पनि ५ लाख मानिस भोकमरीको चपेटामा परीसकेका भन्दै उनीहरुलाई सहयोग गर्न आह्वान गरेका बताइएको छ ।

युगान्डामा रहेका राष्ट्रसंघीय निकायहरुले मुलुकको उत्तरपश्चिमी क्षेत्र कारामोजामा यस्तो समस्या उत्पन्न भएको जानकारी दिएका छन् ।

सो क्षेत्रमा केही समयदेखिको खडेरीका कारण खाद्यान्नको अभाव भएको जनाइएको छ । त्यहाँ खाद्यान्न अभाव अझै बढ्ने स्पष्ट संकेतहरु देखिएका राष्ट्रसंघीय अधिकारीहरुले बताउँदै आएका थिए ।

युगान्डास्थित राष्ट्रसंघीय अधिकारीहरुले बालबालिकमामा कुपोषण, प्रोटिन तथा पोषणयुक्त खानाको अभाव पनि बढ्दै जाने देखिएको बताएका छन् ।

सरकार र राष्ट्रसंघीय अधिकारीहरुले अहिलेकै अवस्था रही आएमा यहाँ चरम खाद्यान्न अभाव हुने र नागरिकहरु कुपोषणको शिकार हुने अवस्था रहेको चेतावनी दिएका छन् ।

प्रकाशित मिति : २७ जेष्ठ २०७९, शुक्रबार  ४ : ५६ बजे

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ– गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ गरेदेखि

पोखराविरुद्ध जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

प्रदेश प्रमुख खापुङसँग मुख्यमन्त्री कार्कीद्वारा बिदाइ भेट

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग

स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा समावेश

चितवन– भरतपुर महानगरपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षालाई समावेश

बेनी-दरवाङ सडक सञ्चालन

म्याग्दी– म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम