खगेन्द्रले भने, ‘सपनाको कुनै उत्तर हुँदैन’ (भिडियो) « Khabarhub

खगेन्द्रले भने, ‘सपनाको कुनै उत्तर हुँदैन’ (भिडियो)


२७ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिल्म ‘पानीफोटो’ को मोसन पोस्टर सार्वजनिक भएको छ । मोसन पोस्टरसँगै यसै फिल्ममार्फत निर्देशनमा डेब्यु गरेका अभिनेता खगेन्द्र लामिछानेले संदेश समेत दिएका छन् । उनले आफू निर्देशनमा आउनुको कारण सपना रहेको बताएका छन् । आफू सहित अनुप बराल, मेनुका प्रधान र मलिका महतको लुक्स सार्वजनिक गर्दै उनले सपनाको जवाफ नहुने बताए । 

‘लेखक र कलाकार हुँदा हुँदै किन निर्देशक बनेको ? धेरैले सोध्नु हुन्छ । तर, एउटा फिल्म भएपनि निर्देशन गर्ने मेरो सपना थियो । र, सपनाको जवाफ हुँदैन खगेन्द्रले भिडियोमा भनेका छन् । हाइलाइट्स नेपाल मार्फत सार्वजनिक गरिएको मोसन पोस्टरमै उनले फिल्मको कथावस्तुसँग समेत परिचित गराएका छन् । ‘फिल्ममा माओवादी जनयुद्धको समयमा झन्डै डेढ दशक अगाडि बेपत्ता भएको छोराको पर्खाइमा बसेको बा-आमाको कथालाई दर्शक माझ लिएर आँउदै छौँ’ उनले भने । 

उनले निर्देशनमा डेब्यु गरेको ‘पानीफोटो’ दशक अगाडि गुरुकुलमा मञ्चन भएको चर्चित नाटक ‘पानीफोटो’ कै अनुरुपण गरिएको फिल्म हो । स्वयम् खगेन्द्रले आफू लिखित नाटकलाई फिल्मको स्वरुप दिएका हुन् । फिल्ममा खगेन्द्रसंगै अनुप बराल, मेनुका प्रधान, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ्ग, कमलमणि नेपाल, अशान्त शर्मा, मलिका महत, प्रकाश घिमिरे, राधा श्रेष्ठ, अजस्र ढुङ्गाना, कमल देवकोटा, अनोज पाण्डे, अनिल पाण्डे, नवराज गिरी, श्यामकुमार खड्का लगायतका कलाकारको अभिनय रहेको छ । 

टलकजंग भर्सेस टुल्के मार्फत फिल्म अभिनयमा भित्रिएका खगेन्द्रले पशुपति प्रसाद, धनपति हुँदै डमरुको डण्डीवियोसम्म आइपुग्दा आफूलाई  ‘भर्सटायल अभिनेता’ को रुपमा परिचित गराइसकेका खगेन्द्र निर्देशित फिल्म ‘पानीफोटो’ साउन १३ मा रिलिज हुने भएको छ । वितरकहरुको छलफल पश्चात साउनको डेट तय गरिएको निर्माण पक्षले जनाएका छन् । फिल्मको छायांकन काठमाण्डौसँग बर्दिया, रोल्पा र स्याङ्जा गरिएको छ । खगेन्द्रले नाटकलाई फिल्ममा ल्याउनु आफ्नो सपना रहेको बताए । ‘यसलाई फिल्म बनाएर धेरै दर्शकसम्म यो कथालाई पुर्‍याउने मेरो सपना नै थियो । मैले नाटक मञ्चनको समयमा यसलाई फिल्म बनाउने निर्णय लिएको थिए ’ खगेन्द्रले भने । दीपक बज्राचार्यको छायांकन रहेको फिल्ममा निमेष श्रेष्ठसँगै अर्जुन कार्कीको सम्पादन रहेको छ । यसमा पुष्पा संगमको पाश्र्व संगीत रहेको छ भने प्रोडक्सन हेडको रुपमा शंकर पाण्डे रहेका छन् ।

 ‘पशुपति प्रसाद’ र ‘धनपति’ जस्ता खाँट्टी नेपाली स्वाद बोकेका सफल फिल्म निर्माण गरेको टुकी आर्ट्सले यस फिल्म निर्माणमा मञ्जुश्री फिल्म्ससंग सहकार्य गरेको छ । फिल्ममा लेखन पनि खगेन्द्रकै रहेको छ भने यसमा चिफ एडीको रुपमा अनिल खड्का रहेका छन् । फिल्मलाई रोजिना सिटौला र रविन्द्र बज्राचार्यले संयुक्त रुपमा निर्माणगरेका हुन् ।

प्रकाशित मिति : २७ जेठ २०७९, शुक्रबार  ५ : ३४ बजे

पुस्तकमा एउटा प्रशासकको बकपत्र- ‘मैले भ्रष्टाचार गरेको छैन’

काठमाडौं– नेपाल वायुसेवा निगमले ०७५ सालमा एयरबस कम्पनीका दुईवटा विमान

सालझण्डी–ढोरपाटन सडक : तीन पटक म्याद थप्दा ६० प्रतिशत काम

बागलुङ– तराई र पहाडलाई जोड्ने गरी निर्माण भएको सालझण्डी–ढोरपाटन सडकको

पूर्वतिर कुलमान : धरान पुग्दा हर्कले भेट्न नमानेपछि सार्वजनिक गरे बालेनसँगको फोटो

काठमाडौं- उज्यालो नेपाल पार्टीका नेता एवम् ऊर्जामन्त्री कुलमान घिसिङ पूर्वी

सिरहाको भालटार डाँडामा आन्तरिक पर्यटकको आकर्षण

सिरहा– पूर्व–पश्चिम राजमार्गअन्तर्गत धनगढीमाईको जिरोमाइलबाट करिब १० किलोमिटर उत्तरमा अवस्थित

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, १५औँ महाधिवेशनको प्रस्ताव पेस गर्ने तयारी

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । पटक