पोखराको ल्यान्डफिल साइट भरतपोखरीमा सारिने « Khabarhub

पोखराको ल्यान्डफिल साइट भरतपोखरीमा सारिने


२७ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखरा महानगरपालिकाको पहिलो कार्यपालिका बैठक बसेको छ । बैठकले हाल सञ्चालनमा रहेको ल्यान्डफिल साइट पोखरा-३३ भरतपोखरीमा सार्ने निर्णय गरेको छ । अहिले पोखरा-१४ मा रहेको ल्यान्डफिल निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलका कारण तत्कालै सार्नुपर्ने सर्त छ । त्यसकै आधारमा कार्यपालिका बैठकले पहिलो निर्णय गरेर भरतपोखरीमा सार्ने र आवश्यक पूर्वाधार बनाउन बजेट विनियोजन गर्ने जनाएको हो ।

बैठकले पोखरामा एक वर्षभित्रमा विभिन्न ठाउँमा सार्वजनिक शौचालय बनाउने र त्यसअघि बैंक, होटल, रेस्टुरेन्ट र विभिन्न संघसंस्थाका शौचालयमा सर्वसाधारणले प्रयोग गर्ने गरी समन्वय मिलाउने निर्णय गरेको छ । त्यसका लागि दुई पक्षबीच सम्झौता गरिने मेयर धनराज आचार्यले जानकारी दिए ।

पोखरा महानगरपालिकाले तत्काल आपतकालीन सेवा सञ्चालनमा ल्याउने भएको छ । सडकमा रहेका खाल्डाखुल्डी पुर्ने, आगलागी तथा विभिन्न घटनामा तत्काल जनशक्ति परिचालन गर्नेगरी पूर्वाधार महाशाखाको क्षमता विकास गर्ने र कर्मचारीसमेत भर्ना गरेर सेवामा प्रभावकारिता ल्याउने निर्णय गरिएको हो । छाडा चौपाया सडकबाट हटाउने र ढल तथा नाला सफाइ अभियान सुरु भइसकेको छ ।

तालचोक-बेगनास सडकको निर्माणको ठेक्का बोलपत्र स्वीकृत गरेको छ । करिब तीन किलोमिटर दूरीको सडकलाई चार लेनमा विस्तार गर्ने गरी विश्व बैंकले आर्थिक सहयोग गर्ने यसअघि नै सम्झौता गरिएको छ । पोखरा महानगरको प्रशासकीय भवन निर्माणका लागि पनि जग्गा छनोट गर्न तीन सदस्यीय समिति गठन गरिएको छ । वडाध्यक्षहरू दिवसमान प्रधानाङ्ग, राधिका शाही र पूर्वाधार महाशाखा प्रमुख पूर्णबहादुर गुरुङ सदस्य रहेको टोली गठन गरिएको र आउँदो बैठकमा प्रतिवेदन पेस गर्नुपर्ने कार्यादेश दिइएको मेयर आचार्यले जानकारी दिए ।

प्रकाशित मिति : २७ जेठ २०७९, शुक्रबार  ५ : ४९ बजे

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको