ब्रिट्नी स्पेयर्सले गरिन् प्रेमीसँग विवाह « Khabarhub

ब्रिट्नी स्पेयर्सले गरिन् प्रेमीसँग विवाह


२७ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गायिका ब्रिट्नी स्पेयर्सले प्रेमी साम असघरीसँग बिहीबार विवाह गरेकी छिन् । सीमित व्यक्तिको उपस्थितिमा उनले जुन ९ मा लस एन्जलसस्थित समारोहमा विवाह गरेका हुन् । सात महिना अघि मात्र अदालतले उनलाई बुबाको कन्जरभेटरीबाट मुक्त गर्ने निर्णय गरेको थियो ।

ड्रग्सको कुलतमा फसेकी ब्रिटनीलाई सो व्यवस्थाले विवाह गर्ने र बच्चा पाउने अधिकारमा पनि रोक लगाएको थियो । सात महिनाअघि अदालतमा बहस हुँदा उनले सो अदालती व्यवस्थाका कारण आफूले विवाह गर्न नपाएको, बच्चा जन्माउन नपाएको भन्दै १३ वर्ष लामो कन्जरभेटर सीपबाट मुक्त गर्न अदालतसमक्ष गुनासो गरेकी थिइन् । उनको विवाहमा परिवारबाट कोही पनि उपस्थित नभएको जनाइएको छ । ब्रिट्नीको पहिलेका श्रीमानबाट दुई छोरा छन् । यी दुई छोराबाहेक विवाहमा ब्रिट्नीको बुबा र बहिनी कोही पनि उपस्थित नभएको समाचार छ ।

ब्रिट्नीको विवाहमा पेरिस हिल्टन र ड्रिउ ब्यारीमोर मात्र उपस्थित भएको जनाइएको छ । सामसँग ब्रिट्नी ५ वर्षदेखि सँगै बस्दै आएकी थिइन् । सन् २०१६ मा एउटा म्युजिक भिडियोको सुटिङमा भेटिएका साम ब्रिटनीभन्दा १२ वर्ष कान्छा छन् ।

प्रकाशित मिति : २७ जेठ २०७९, शुक्रबार  ५ : ५२ बजे

पौवादुङमामा विद्यालय छाडेका बालबालिकाको खोजी अभियान

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले विद्यालय छाडेका बालबालिकाको खोजीकार्यलाई तीव्र बनाएको

कागेश्वरी मनोहराका वडाध्यक्ष थापाको निधन

काठमाडौं– कागेश्वरी मनोहरा नगरपालिका–७ का वडाध्यक्ष भीमसेन थापाको निधन भएको

कमैयाबाट उद्यमीसम्मको केशव डगौराको सङ्घर्षमय यात्रा

कञ्चनपुर– बीस वर्षअघि कमैया मुक्तिको घोषणा हुँदा शुक्लाफाँटा नगरपालिका–१० झलारीका

एनपीएल बलिङमा सर्वाधिक १२ विकेट लिने यी हुन् चार नेपाली खेलाडी

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)मा ३२ मध्ये २५ खेल

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं– हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल