चुम्बन गर्दा डराए इमरान ? « Khabarhub

चुम्बन गर्दा डराए इमरान ?


२७ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउडको ‘सिरियल किसर’ का रुपमा परिचित छन् अभिनेता इमरान हाशमी । सन् २००३ मा महेश भट्टको निर्माण रहेको फिल्म ‘फुटपाथ’ मार्फत बलिउडमा डेब्यु गरेका इमरानको छवि नै सिरियल किसरको बन्यो । उनको हरेक फिल्ममा गर्ने किसले चर्चा पाउन थाल्यो । उनले कन्फिडेन्सकिआ साथ गर्ने किसको चर्चा हुनु नौलो रहेन । यद्यपि उनले एक अन्तर्वार्ताको क्रममा किस गर्दा डराएको खुलासा समेत गरेका छन् । फिल्म  ‘घनचक्कर’ को छायांकनको क्रममा अभिनेत्री विद्या बालनलाई चुम्बन गर्न आफू डराएको बताएका हुन् । 

इमरान र विद्याले फिल्म  ‘घनचक्कर’ मा कैयौँ चुम्बन दृश्य दिएका छन् । विद्यालाई चुम्बन गर्दा इमरान निकै डराएका थिए । जबकि यसअघिको फिल्ममा उनी जति खुसीका साथ अभिनेत्रीलाई चुम्थे । ‘घनचक्कर’ मा माहौल ठीकविपरीत देखियो । एक च्याट शो मा उपस्थित भएकी विद्याका अनुसार इमरानले विद्यासँग चुम्बन दृश्य दिँदा डराउने कारण विद्याका पति तथा फिल्म निर्माता सिद्धार्थ रोय कपुर थिए ।

‘सिद्धार्थले के भन्लान् ? ’ चुम्बनपछि विद्यालाई इमरान यही प्रश्न सोधिरहन्थे । किनकि फिल्मका निर्माता विद्याका पति सिद्धार्थ नै थिए । ‘फिल्ममा हामी कलाकार हौं । कथा अनुसार हामीले अभिनय गर्नुपर्छ । तर इमरानले मलाई प्रश्न गरिरहँदा म अचम्ममा पर्थें’, उनले भनेकी छन् । इमरान पछिल्लो समय टाइगरको तेस्रो सिरिज र सेल्फी नामक फिल्ममा व्यस्त छन् ।

प्रकाशित मिति : २७ जेठ २०७९, शुक्रबार  ७ : ०७ बजे

मन्त्री मेहताद्वारा बकुलहर रत्ननगर अस्पतालको निरीक्षण

भरतपुर– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले रत्ननगरस्थित बकुलहर रत्ननगर

सरकारले गर्यो सार्वजनिक सवारीसाधनको दर्ता आंशिक खुला

काठमाडौं– सरकारले सार्वजनिक सवारीसाधनको दर्ता आंशिक रुपमा खुला गरेको छ

रास्वपा महाधिवेशन : प्रत्येक प्रदेशबाट ५–५ जना निर्वाचित हुने व्यवस्था

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा प्रत्येक प्रदेशबाट

नाइजेरियामा भएको आक्रमणमा २० जनाको मृत्यु

नाइजेरिया– नाइजेरियाको मध्य पठार राज्यमा अज्ञात सशस्त्र समूहले गरेको आक्रमणमा

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको