बंगलादेशमा चिनियाँ कम्पनी कर छलीमा संलग्न « Khabarhub

बंगलादेशमा चिनियाँ कम्पनी कर छलीमा संलग्न


२७ जेष्ठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चिनियाँ कम्पनीहरुले बंगलनादेशमा कर छली गरेको पाइएको छ । बंगलादेशका अधिकारीले बंगलादेशमा सञ्चालित चाइना रोड एण्ड ब्रिज कर्पोरेशन नामक चिनियाँ कम्पनी गत वर्षको डिसेम्बर महिनामा कर छलीमा संलग्न रहेको फेला पारेको बंगलादेश लाइभ न्युज नामक अनलाइन समाचार पोर्टलले जनाएको छ ।

यो कम्पनीले सरकारी परियोजनाका लागि निर्माण सामग्री आयात गर्दा कर छली गरेको जनाइएको छ । चिनियाँ कम्पनीले कर छली गरेको पत्ता लागेपछि बंगलादेशी अधिकारीले चीन सरकारलाई तीन पूर्वाधार परियोजनाबाट पछि हट्न बाध्य पारेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

यस प्रकरणमा चिनियाँ कम्पनीले ढाका चटगाउँ रेल परियोजनाको निर्माण कार्यका लागि अरु १६ वटा चिनियाँ कम्पनीलाई विभिन्न किसिमका टेण्डर दिएर पछि ती कम्पनीहरु आफ्नै कम्पनीको हिस्सा रहेको दाबी गरी कर छली गरेको जनाइएको छ ।

यसअघि मे महिनामा पनि सिनो केमेड ट्रेडिङ नामक अर्को चिनियाँ कम्पनी कर छलीमा संलग्न रहेको पाइएको थियो ।

प्रकाशित मिति : २७ जेष्ठ २०७९, शुक्रबार  ६ : ३४ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म