अमेरिकी सेनाका प्यासिफिक कमाण्डरद्वारा जङ्गी अड्डाको भ्रमण (फोटो फिचर) « Khabarhub

अमेरिकी सेनाका प्यासिफिक कमाण्डरद्वारा जङ्गी अड्डाको भ्रमण (फोटो फिचर)


२७ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकी सेनाको प्यासिफिक कमाण्डका कमाण्डर जनरल चार्ल्स ए फ्लिनले नेपाली सेनाको हेडक्वार्टर जङ्गी अड्डाको भ्रमण गरेका छन् ।

जेठ २६ गतेदेखि नेपालको औपचारिक भ्रमणमा रहेका जनरल फ्लिनले आज जङ्गी अड्डाको भ्रमण गरेका हुन् । सोही क्रममा, उनले प्रधान सेनापति महारथी प्रभुराम शर्मासँग भेटघाट गरेका छन् । भेटघाटका क्रममा द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।

उनको सम्मानमा जङ्गी अड्डा परिसरमा नेपाली सेनाले सम्मान गारत अर्पण गर्दै नेपाली सेनाको सैन्य सञ्चालन गतिविधिका बारेमासमेत जानकारी गराएको थियो ।

उच्चपदस्थ अधिकारीहरूबाट विगतमा भएका सद्भावना भ्रमणको निरन्तरता स्वरुप उनी ४ दिने औपचारिक भ्रमणमा नेपाल आएका हुन् । भ्रमणका क्रममा जनरल फ्लिनले २८ गते माउन्टेन फ्लाइटमार्फत हिमाल अवलोकन गरी २९ गते पाँचखालस्थित नेपाली सेनाको श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र र शिवपुरी स्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण सकेर स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ।

 

प्रकाशित मिति : २७ जेठ २०७९, शुक्रबार  ८ : ३९ बजे

योगेशको आरोप- पार्टी पुनर्गठन कार्यदलमा अध्यक्ष ओलीले हस्तक्षेप गरे

काठमाडौं– नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी नेतृत्वको हस्तान्तरण मार्फत

न्यू दमौली ४०० केभी सवस्टेशन निर्माण तीव्र

दमौली– मिलेनियम च्यालेन्ज अकाउन्ट (एमसीए) नेपालअन्तर्गत तनहुँमा निर्माण भइरहेको न्यू

राष्ट्रियसभा : जलवायु परिवर्तनबाट हुने क्षति कम गर्न पूर्वतयारी गर्नुपर्नेमा जोड

काठमाडौं- राष्ट्रियसभामा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक कमला पन्तले जलवायु

कुमारी माजुको आशीर्वाद लिन पुगे धवलशमशेर

काठमाडौं– जय नेपाल पार्टीका सभापति डा. धवलशम्सेर राणाले कुमारी माजुको

विपिन-मिरुनाको जोडीसँग उपेन्द्र सुब्बा फर्किँदै, ‘बखत्ते’को शुभमुहूर्त

काठमाडौं– ‘जारी’ र ‘जारी २’ जस्ता चर्चित चलचित्र निर्देशन गरेका