अमेरिकी सेनाका प्यासिफिक कमाण्डरद्वारा जङ्गी अड्डाको भ्रमण (फोटो फिचर) | Khabarhub Khabarhub

अमेरिकी सेनाका प्यासिफिक कमाण्डरद्वारा जङ्गी अड्डाको भ्रमण (फोटो फिचर)


२७ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकी सेनाको प्यासिफिक कमाण्डका कमाण्डर जनरल चार्ल्स ए फ्लिनले नेपाली सेनाको हेडक्वार्टर जङ्गी अड्डाको भ्रमण गरेका छन् ।

जेठ २६ गतेदेखि नेपालको औपचारिक भ्रमणमा रहेका जनरल फ्लिनले आज जङ्गी अड्डाको भ्रमण गरेका हुन् । सोही क्रममा, उनले प्रधान सेनापति महारथी प्रभुराम शर्मासँग भेटघाट गरेका छन् । भेटघाटका क्रममा द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।

उनको सम्मानमा जङ्गी अड्डा परिसरमा नेपाली सेनाले सम्मान गारत अर्पण गर्दै नेपाली सेनाको सैन्य सञ्चालन गतिविधिका बारेमासमेत जानकारी गराएको थियो ।

उच्चपदस्थ अधिकारीहरूबाट विगतमा भएका सद्भावना भ्रमणको निरन्तरता स्वरुप उनी ४ दिने औपचारिक भ्रमणमा नेपाल आएका हुन् । भ्रमणका क्रममा जनरल फ्लिनले २८ गते माउन्टेन फ्लाइटमार्फत हिमाल अवलोकन गरी २९ गते पाँचखालस्थित नेपाली सेनाको श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र र शिवपुरी स्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण सकेर स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ।

 

प्रकाशित मिति : २७ जेठ २०७९, शुक्रबार  ८ : ३९ बजे

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड

चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून