रक्तदानका लागि जनचेतना जगाउन शनिबार साइकल र्‍याली « Khabarhub

रक्तदानका लागि जनचेतना जगाउन शनिबार साइकल र्‍याली


२७ जेष्ठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रक्तदानका लागि जनचेतना जगाउन शनिबार साइकल र्‍याली हुने भएको छ।

ब्लड डोनर्श एशोसीएशन अफ नेपाल र खबरहबको सहकार्यमा भोलि (शनिवार) बिहान ७ बजेदेखी स्वयम्भु नजिकै चमती रोप वे मार्गबाट साइकल र्‍याली सुरु हुने छ।

साइकल र्‍याली स्वयम्भु भगवान पाउ, डल्लु, लकतिर्थ विष्णुमती, कङकेश्वरी मन्दिर, नरदेबी, क्षेत्रपाटी, ठमेल, ठैंटी, असन, इन्द्रचोक, नयाँ सडक, जैसिदेवल, कोहिटी, कालीमाटी चोक, टंकेश्वर, नेपाल रेडक्रम कालीमाटी, रबिभवन, कुलेश्वर, टेकु, सानेपा पुल, कुपण्डोल, पाटन ब्लड बैंक, कोटेश्वर महादेश स्थान, सिनामंगल विमानस्थल वरपर, जयबागेश्वरी, सिफल, कालोपुल, प्रहरी प्रधान कार्यालय नक्साल, लैनचौर, सामखुसी, नयाँ बसपार्क लगायतको परिक्रमा गरिनेछ।

साइकल र्‍याली तारकेश्वर नगरपालिकाको मनमैजु मन्दिर प्राङ्गणमा पुगेर रक्तदान कार्यक्रम गरी समापन हुनेछ। साइकल यात्रीहरु जुनसुकै स्थानबाट समेत सहभागी हुनसक्ने व्यवस्था मिलाइएको आयोजकले जनाएका छन्। सामाजिक कार्यका लागि साइकल र्‍याली आयोजना गर्न लागिएकाले इच्छुक सबैमा र्‍यालीमा सहभागी हुन आयोजकले अनुरोध गरेका छन् । विश्व रक्तदाता दिवसको अवसरमा ब्लड डोनर्श एशोसीएशन अफ नेपालले साप्ताहिक कार्यक्रम सञ्चालन गरिरहेको छ।

प्रकाशित मिति : २७ जेष्ठ २०७९, शुक्रबार  ८ : ५९ बजे

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई