स्वतन्त्रताको घोषणा गरे ताइवानविरूद्ध युद्ध गर्ने चीनको चोतावनी « Khabarhub

स्वतन्त्रताको घोषणा गरे ताइवानविरूद्ध युद्ध गर्ने चीनको चोतावनी


२७ जेष्ठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्वतन्त्रताको घोषणा गरेमा चीनले ताइवानमाथि युद्ध सुरु गर्ने चोतावनी दिएको छ । चिनियाँ रक्षा मन्त्रीले अमेरिकी समकक्षीसँग शुक्रबार पहिलो पटक भएको प्रत्यक्ष वार्तामा चेतावनी दिँदै चीनले ताइवानविरूद्ध युद्ध घोषणा गर्न सक्ने बताएका हुन ।

‘यदि कसैले ताइवानलाई चीनबाट विभाजन गर्ने आँट गर्छ भने, जस्तोसुकै मूल्य चुकाउनु परे पनि चिनियाँ जनमुक्ति सेनाले युद्ध सुरु गर्न पक्कै हिचकिचाउने छैन’ चिनियाँ रक्षा मन्त्रीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

चिनियाँ रक्षा मन्त्रालयका अनुसार चीनको बेइजिङले ‘ताइवानको स्वतन्त्रता’ को बहानामा हुने चीनविरोधी षड्यन्त्रलाई नष्ट गर्ने र मातृभूमिको एकीकरणलाई दृढतापूर्वक समर्थन गर्ने’ प्रतिज्ञा गरिएको जनाएको छ ।

ताइवान चिनियाँ भूमि भएको जोड दिँदै चीनविरूद्ध ताइवानको प्रयोग कहिल्यै विजयी नहुन नसक्ने चिनियाँ रक्षामन्त्रालयले बताएको हो ।

अमेरिकी रक्षामन्त्रालयले बताएअनुसार सिंगापुरमा भएको वार्ताको क्रममा अस्टिनले आफ्नो चिनियाँ समकक्षलाई बेइजिङले ‘ताइवानतर्फ थप परिवर्तन गर्ने कार्यहरूबाट अलग रहनुपर्छ’ भनेका थिए ।

प्रकाशित मिति : २७ जेष्ठ २०७९, शुक्रबार  १० : २१ बजे

पाल्पामा विपद्जन्य घटनाबाट १०२ जनाको मृत्यु, ३७ करोडभन्दा बढीको क्षति

पाल्पा– पाल्पामा पछिल्लो १० वर्षमा विपद्जन्य घटनामा परी १०२ जनाको मृत्यु

हिलो टेकरै त्रिवि मैदानमा खेल हेर्न जाँदै समर्थक

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र

समर्थन मूल्यभन्दा सस्तोमा धान बेच्दै दाङका किसान

दाङ- धान भण्डारण गर्ने ठाउँको अभाव र चाडपर्वका लागि खर्च

पृथ्वी राजमार्ग एकतर्फी अवरुद्ध, पहिरो पन्छ्याइँदै

चितवन– पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित मुग्लिन बजारनजिकै सीमलधारामा

विराटनगर र सुदूरपश्चिमको खेल अझै भएन सुरु

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको दोस्रो खेल अझै