भारतका चार राज्यमा मतदान | Khabarhub Khabarhub

भारतका चार राज्यमा मतदान


२७ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतको राष्ट्रिय सभा सदस्य चयनका लागि चार राज्यमा शुक्रबार मतदान भएको छ ।

निर्वाचन आयोगले भारतको महाराष्ट्र, कर्नाटक, राजस्थान र हरियाणा राज्यमा शुक्रबार भएको निर्वाचनबाट राष्ट्रिय सभाका लागि १६ जना निर्वाचित हुने जनाएको छ ।

स्थानीय समय अनुसार बिहान ९ बजेदेखि बेलुका ४ बजेसम्म मतदानको समय तोकिएको थियो ।

यसअघि भारतको उत्तर प्रदेश, तमिल नाडु, आन्द्र प्रदेश, विहार, उडिशा, मध्य प्रदेश, पञ्जाब, छत्तिसगढ, उत्तराखण्ड, झारखण्ड र तेलङ्गनाबाट भने हालै ५७ जना निर्विरोध निर्वाचित भएको घोषणा गरिएको थियो ।

अहिलेको निर्वाचनमा राष्ट्रिय चर्चित नेताहरु पनि प्रतिस्पर्धामा छन् । संघीय मन्त्रीद्वय पियुष गोयल र निर्मला सितारमण, कांग्रेस नेता जयराम रमेश, राणदिप सुर्जेवाल र मुकुल वास्निकले निर्वाचनमा उम्मेदवारी दिएका छन् ।

प्रकाशित मिति : २७ जेठ २०७९, शुक्रबार  १० : ४९ बजे

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला

‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’

एजेन्सी – संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय