जनताको सेवक बन्न नवनिर्वाचित जनप्रतिनिधिलाई कांग्रेस उपसभापति खड्काको निर्देशन « Khabarhub

जनताको सेवक बन्न नवनिर्वाचित जनप्रतिनिधिलाई कांग्रेस उपसभापति खड्काको निर्देशन


२७ जेष्ठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नवनिर्वाचित जनप्रतिनिधिलाई मतदाताले दिएको अमूल्य मतलाई दिल र दिमागमा राखेर जनताको सेवक बनी काम गर्न निर्देशन दिएका छन् ।

कांग्रेस जिल्ला कार्यसमिति काभ्रेपलाञ्चोकले आज बनेपामा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा उपसभापति खड्काले निर्वाचनको बेलामा गरेको बाचालाई सम्झेर काम गर्न आग्रह गरे ।

“पाँच वर्षपछि पुनः टिकट प्राप्त गर्नेगरी काम गर्नुस्”, उनले भने । कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य मधु आचार्यले जनताको बीचमा गरेको संकल्प, घोषणापत्र र प्रतिबद्धता सम्झेर काम गर्न जनप्रतिनिधिलाई आग्रह गरे ।

सो अवसरमा कांग्रेसबाट निर्वाचित नगरप्रमुख/उपप्रमुख, गाउँपालिका अध्यक्ष/उपाध्यक्ष, वडाध्यक्ष र वडासदस्यहरुलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २७ जेष्ठ २०७९, शुक्रबार  ११ : ०२ बजे

दिल्लीमा वायु प्रदूषण नियन्त्रणका लागि नयाँ प्रतिबन्ध लागू

नयाँदिल्ली– भारतको राजधानी नयाँदिल्लीमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले

तृतराजको ५०, जनकपुरको १०० रन पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

जाडो बढेसँगै ‘भक्का’ को व्यापार फस्टाउँदै

झापा– चिसो मैसम सुरु भएसँगै झापा, मोरङ, सुनसरीलगायत पूर्वी तराईका

पोखराले गुमायो तेस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ– गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ गरेदेखि