लमजुङमा एक वर्षमा ६० जना फरार अभियुक्त पक्राउ « Khabarhub

लमजुङमा एक वर्षमा ६० जना फरार अभियुक्त पक्राउ


२६ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – लमजुङ प्रहरीले चालु आर्थिक वर्षमा मात्रै ६० जना फरार अभियुक्त पक्राउ गरेको छ ।

लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्ण बहादुर कार्कीका अनुसार ४५ जना पुरुष र १५ जना महिलालाई पक्राउ गरेका छन् ।

उनीहरू ३९ वर्ष ३ महिना ९ दिन कैद र १ करोड ३६ लाख १८ हजार ९ सय ९६ रुपैयाँ जरिवाना असुल गर्नुपर्ने अभियुक्त हुन् ।

गत आव ०७७/७८ मा ४२ पुरुष र ११ महिला गरी ५३ जना पक्राउ गरिएकोमा उनीहरूको असुल कैद १६ वर्ष ६ महिना ३ दिन र ३ लाख ५३ हजार ३ सय ५० रुपैयाँ जरिवाना रकम थियो ।

अघिल्लो आव ०७६/७७ मा ९ पुरुष फरार अभियुक्त पक्राउ गरिएकोमा असुल कैद २० वर्ष २ महिना १ दिन र असुल जरिवाना ९७ हजार ७ सय ८२ रुपैयाँ थियो । डीएसपी कार्कीका अनुसार प्रहरीले फरार अभियुक्तको सूची तयार पारेर खोजी गरिरहेको छ ।

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  ६ : ३० बजे

पूर्वमा साकेलाउधौलीको रौनक

कटारी – पूर्वका किराँतबस्तीमा साकेलाउधौली पर्व सुरु भएको छ। मङ्सिर

प्रजनन् स्वास्थ्य अधिकार कानुनी क्लिनिक स्थापना

काठमाडौँ – सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५

बागलुङमा २३ वर्षपछि गुरुकुल ब्युँताइँदै

बागलुङ – सशस्त्र द्वन्द्वका बेला बन्द भएको परमानन्द संस्कृत गुरुकुल

राइनास नगरपालिकाले नयाँ सडक ट्र्याक नखोल्ने

लमजुङ – लमजुङको राइनास नगरपालिकाले चालु आर्थिक वर्षदेखि नयाँ सडक

एमालेले आज समानुपातिक सांसद टुंग्याउने

काठमाडौं– नेकपा एमालेले सातै प्रदेश र प्रतिनिधिसभामा आफ्नो पार्टीले पाएको