नागरिकको स्वास्थ्यमा खेलबाड गर्दै चिनियाँ सरकार | Khabarhub Khabarhub

नागरिकको स्वास्थ्यमा खेलबाड गर्दै चिनियाँ सरकार


२६ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गत जुनमा चीनको आर्थिक हब ठहरिएको सांघाइबाट बेइजिङतर्फ गई रहेको तीव्र गतिको रेल निर्धारित समयमा पुग्न सकेन। बीच बाटोमा पुगेपछि सुरक्षा कबच सहितको पोसाक लगाएका केही व्यक्तिले रेललाई रोके। एक जना यात्रु कोभिड सङ्क्रमित भएको भन्दै सबै जना त्यहाँबाट झर्नका लागि ठूलो आवाजले माइकिङ गरिएको थियो।

कोभिड सङ्क्रमण सुरु भएको सुरुवाती दिनमा चीनको यो कडाइका कारण आम नागरिकमा गुनासो नरहे पनि भ्याक्सिनको निर्माण भइसकेपछि भ्याक्सिनेसनलाई तीव्र रूपमा अघि बढाउनको साटो कडाइ मात्र गरिनुले त्यहाँका नागरिक वाक्क भएका छन्।

आम स्वास्थ्यको मान्यता अनुसार संसारमा नै भ्याक्सिनको उपलब्धता सहज भएपछि जिरो कोभिडको मापदण्ड आश्चर्यजनक हो। त्यस माइकिङका बाबजुद यात्रु कराइरहेका थिए। ‘हामी ओर्लँदैनौ। त्यस मान्छेलाई किन चढाएको ?’, यात्रुको गुनासो थियो।

आइसोलेसन सेन्टर पनि धेरै टाढा रहेका कारण उनीहरूले यसपछि के गर्ने भन्ने अनुमान नै गर्न सकेका थिएनन्। त्यहाँका नागरिकको जन जीवनमा आएको यस कठिनाइका बाबजुद चिनिया राष्ट्रपति सी चिन फिङले ‘जिरो कोभिड ’ बाहेकको विकल्प स्वीकार नहुने बताइ सकेका छन्।

वुहानमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि नै चीनले जिरो कोभिड नीति लिएको थियो। सुरुवाती दिनमा अन्य देशमा भन्दा चीनमा मृत्यु दर कम रहेका कारण यसको बारे त्यत्ति धेरै चासो थिएन। अहिले त्यसको मूल्य चीनले चुकाउँदै आएको छ भने त्यहाँको वातावरण पनि बिग्रिएको छ।

वुहानमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि नै चीनले जिरो कोभिड नीति लिएको थियो। सुरुवाती दिनमा अन्य देशमा भन्दा चीनमा मृत्यु दर कम रहेका कारण यसको बारे त्यत्ति धेरै चासो थिएन। अहिले त्यसको मूल्य चीनले चुकाउँदै आएको छ भने त्यहाँको वातावरण पनि बिग्रिएको छ। अहिले त्यहाँका राष्ट्रपति त्यस विषयमा हलचल हुने पक्षमा छैनन्। चिनियाँ कम्युनिस्ट पार्टीको तेस्रो कार्यकालको नेतृत्व गर्ने अभियानमा रहेका उनी अन्तिम समयसम्म यसमा दत्तचित्त भएर बसेका छन्।

संसारमा नै कोभिडसँग बाच्नका लागि अभ्यस्त भइसकेको छ। यस समयमा चीनले आफूलाई फरक मापदण्डमा अगाडि बढाएर संसारलाई अचम्ममा पारेको छ।तथाकथित ‘जिरो कोभिड’ नीति अन्तरगत मास परीक्षण, ट्रायकिङ र कडा आइसोलेसनको नीति लिइएको छ। एकै पटक उल्लेख्य मात्रामा सङ्क्रमित भेटिएमा मात्र त्यस सहरमा लकडाउन हुने गरेको छ।

जब केसहरू देखिन्छ, यसपछि निश्चित टोल अथवा बजारलाई सिल्ड गर्ने प्रचलन चीनमा अझै छ। हरेक दिन त्यहाँका बासिन्दाको जनजीवन अस्तव्यस्त बनेको छ। कुनै पनि दिन घरबाट निस्किएको व्यक्ति त्यस काम पत्तै हुने या नहुने भन्ने चिन्तामा रहने गरेका छन्। यसरी त्यहाँको जनजीवन कत्ति लामो रहने भन्ने चिन्ता सबैमा रहेको छ।

संसारमा नै कोभिडसँग बाच्नका लागि अभ्यस्त भइसकेको छ। यस समयमा चीनले आफूलाई फरक मापदण्डमा अगाडि बढाएर संसारलाई अचम्ममा पारेको छ।

संघाइको सवालमा चिनियाँ कम्युनिस्ट पार्टीले चालेको कदमले त्यहाँको जनजीवन कस्तो भइरहेको छ भन्ने चासो सबैमा छ। नागरिकको जनजीवनमा आएको कठिनाइका बाबजुद चालिएको जिरो कोभिड नीतिमा अडिग रहनुलाई राजनीति र त्यहाँको भ्याक्सिनको अवस्थालाई मुख्य कारण मानिएको छ। संसारलाई आश्चर्य लाग्दो घटना त्यहाँको भ्याक्सिनेसनको दर हो। त्यस देशको सुस्त भ्याक्सिेनसनको दरले सबैलाई आश्चर्यमा पारेको छ नै। साथै यसको रहस्यका बारे चासो पनि जागेको छ। त्यहाँको कम भ्याक्सीनेसनका कारण कडाइका बाबजुद नागरिकको जीवन जोखिममा नै छ।

‘केही सशक्त व्यक्तिहरूले अझै दोस्रो डोज तथा बुस्टर डोज लगाउन बाँकी छ। यस कारण सबै खुला गर्न जोखिम महसुस गरिएको हो’, चीनका राष्ट्रिय स्वास्थ्य कमिसनका प्रमुख प्राध्यापक लीयाङ वानीयनले भनेका छन्।

त्यहाँको आधिकारिक तथ्याङ्क अनुसार ८९ प्रतिशतले दुई डोज भ्याक्सिन लगाइ सकेका छन्। बुस्टर डोज लगाउने भने ५६ प्रतिशत मात्र छन्। ८० वर्ष भन्दा माथिका १५ प्रतिशतले मात्र दुई डोज भ्याक्सिन लगाएका छन्।

केही महिना अगाडि चीनको अवस्था अझ खराब थियो। त्यहाँका प्रौढहरूको जीवन अझ जोखिममा थियो। चिनियाँ सरकारको भ्याक्सिनका बारेमा गरिएको बेवास्ताकै कारण हङकङमा त अझ धेरै जनाको ज्यान गएको थियो।

अप्रिल महिनामा संघाइमा सङ्क्रमण फैलिएको थियो। त्यसै समयमा ६० वर्ष पार गरेका ३८ प्रतिशतले मात्र तीन डोज भ्याक्सिन लिएका थिए। ८० वर्ष पार गरेका १५ प्रतिशतले मात्र दुई डोज भ्याक्सिन लगाएका थिए। देश भरकै गणना गर्ने हो भने १९.७ प्रतिशतले बुस्टर डोज भ्याक्सिन लगाएका थिए।

धेरैको मतमा ओमिक्रोन भेरिअन्ट आउनु अगाडि चीनमा भाइरस कम फैलिएकाले भ्याक्सिनमा धेरै चासो दिइएको थिएन। धेरैले त अन्य देशलाई कोरोना भाइरस सङ्क्रमण फैलाएको दोष लगाउने गरेका थिए। अन्य देशबाट आउनेले भाइरस लिएर आएको भन्दै दोष लगाउन उनीहरू उद्यत थिए।

केही महिना अगाडि चीनको अवस्था अझ खराब थियो। त्यहाँका प्रौढहरूको जीवन अझ जोखिममा थियो। चिनियाँ सरकारको भ्याक्सिनका बारेमा गरिएको बेवास्ताकै कारण हङकङमा त अझ धेरै जनाको ज्यान गएको थियो।

स्वास्थ्य क्षेत्रका धेरैले त भ्याक्सिन नलगाउने भन्दा भ्याक्सिन लगाउने स्थानबाट सङ्क्रमण सर्ने र यसले क्षति बढाउने जोखिम बढेको बताएका छन्। भ्याक्सिन लगाउने स्थानबाटै धेरै कोभिड सरेको उनीहरूले बताएका छन्। एकातीर सरकारको कडाइका कारण त्यहाँको नागरिकको जन जीवन कठिन बनेको छ । तर, पनि यसले सङ्क्रमणलाई पूर्ण रूपमा नियन्त्रणमा लिएको छैन। सरकारले कोभिडको डर कम्ती भएको प्रचार गर्न छाडेको छैन। एक ८५ वर्षीय महिलाले त त्यसै बिहान मात्र भ्याक्सिन लगाएको बताएकी छन्।

त्यहाँको नागरिकको धारणा भने फरक छ। उनीहरू सरकारले घरमा बस्न लगाएपछि घरमै बस्नुको कुनै विकल्प नभएको बताउँछन्।बेइजिङमा अहिलेसम्म पूर्ण सट डाउन भएको छैन। चीनका अन्य सहर संघाई, वुहान, जीयान, जीलीन र अन्य सहरको जस्तो अवस्था चीनको छैन।

त्यहाँको राष्ट्रिय सञ्चार माध्यममार्फत् अन्य देशमा भन्दा चीनमा भाइरस सङ्क्रमण कम रहेको प्रचार गरिए पनि दैनिक उपभोग्य खाद्य पदार्थको अभाव र यसका कारण नागरिकले पाएको दुखको बारे चर्चा भएको छैन। राष्ट्रिय तहका धेरै सञ्चार माध्यममा सरकारको निगरानी भएका कारण आम नागरिकको दुःख र कष्ट बाहिर आएको छैन। सञ्चार माध्यमले यस कुरालाई लुकाए पनि त्यहाँ नागरिकले विभिन्न माध्यमले आफ्नो दुखेको पोखेका छन्।

जिरो कोभिड नीति राजनीतिक मुद्दाको विषय पनि बनेको छ। तेस्रो कार्यकालको चीन नेतृत्वका लागि सीले दाबी गरीरहेको समयमा सीसीपीको सात सदस्यीय पोलीटब्युरोले आफूलाई महामारीको समयमा सफल भएको प्रमाणित गर्न ‘जिरो कोभिड’ नीति सही भएको प्रचार गर्न चाहन्छ।

सी प्रशासनले भ्याक्सिनको तथ्याङ्कमा समेत बेवास्ता गर्दै यात्राका लागि पीसीआर परीक्षणलाई अति आवश्यक ठानेको छ। चीनमा धेरै व्यापारी सङ्घ संस्थाले अहिले टेस्ट र आइसोलेसनमा गरिएको लगानीलाई कटौती गर्दै भ्याक्सिनमा गर्नु पर्नेमा जोड दिएका छन्।
यसै साताको सुरुवातमा बेइजिङ सरकारले सिनेमा, जिम, इन्टरनेट क्याफे, लाइब्रेरी, सङ्ग्रहालय र अन्य मनोरञ्जनात्मक स्थानमा भ्याक्सिन लगाएको प्रमाणपत्रलाई अनिवार्य गरेको थियो। त्यहाँका प्रान्तीय सञ्चार माध्यमका अनुसार केही दिनमा नै यो निर्णयलाई उल्ट्याइएको थियो।

त्यहाँ जिरो कोभिड नीति राजनीतिक मुद्दाको विषय पनि बनेको छ। तेस्रो कार्यकालको चीन नेतृत्वका लागि सीले दाबी गरीरहेको समयमा सीसीपीको सात सदस्यीय पोलीटब्युरोले आफूलाई महामारीको समयमा सफल भएको प्रमाणित गर्न ‘जिरो कोभिड’ नीति सही भएको प्रचार गर्न चाहन्छ। धेरै राजनीतिक समीक्षकको मतमा सी प्रशासनको पार्टीको नेतृत्वको टुङ्गो नलागेसम्म यस अडानमा यथावतै रहने छन्।

जिरो कोभिड नीतिले त्यहाँको अर्थतन्त्रलाई भित्रभित्रै जीर्ण बनाइ सकेको छ। विश्व बैङ्कको अनुसार चीनको कुल गार्हस्थ्य उत्पादन २०२२ को जुनसम्ममा पछिल्लो अपडेटको तुलनामा ४.३ प्रतिशतले घट्ने छ। सिले अर्को कार्यकाल नलिएसम्म उनले सहर भरी लकडाउन गर्ने सम्भावना त कम छ। तर, जिरो कोभिडको नाममा गरिने कडाइमा कमी भने आउने छैन।

गत साता एक नेताले स्थानीय अन्तरवार्तामा जिरो कोभिड नीति अर्को पाँच वर्षसम्म चल्ने बताएका छन्। उनले यो घोषणा गरे पनि जिरो कोभिडको बारे त्यहाँ जिरो कोभिड नीति कहिलेसमय चल्ने अनिश्चित छ। परन्तु भ्याक्सिनलाई भन्दा कडाइमा प्राथमिकता दिएर चीनले जिरो कोभिडको नाममा नागरिकको जीवन कष्टप्रद मात्र बनाएको छैन , आर्थिक अवस्था पनि खराब बनेको छ। स्रोत : बीबीसी

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  ७ : ०० बजे

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल असोज १९ गते शनिबार तदनुसार

आज २०८१ साल असोज १९ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल असोज १९ गते शनिबार तदनुसार

आज नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै

काठमाडौं – बडादशैं एवं नवरात्रको तेस्रो दिन आज दशैं घर

घेराबन्दीमा रहे पनि आफ्नो कर्तव्य भुलेको छैन : रवि लामिछाने

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले घेराबन्दीमा

कोशी प्रदेशले आउँदो माघमा लगानी सम्मेलन गर्ने

विराटनगर । कोशी प्रदेश सरकारले आगामी माघ ११, १२ र