बलिउडका यी हिट जोडीले गर्दैछन् कमब्याक  « Khabarhub

बलिउडका यी हिट जोडीले गर्दैछन् कमब्याक 


२६ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बलिउडमा कैयौँ नयाँ जोडीले फिल्मी पर्दामा आफ्नो अभिनयको जादु चलाउँछन् । तर यो वर्ष भने केही पुराना हिट जोडीले पनि पर्दामा कमव्याक गर्दैछन् ।

अभिनेता अक्षय कुमार र अभिनेत्री भूमि पेडनेरकले सन् २०१७ मा सोसियल ड्रामा फिल्म ‘ट्वाइलेट : एक प्रेम कथा’मा सँगै काम गरे । यो जोडी पाँच वर्षपछि आनन्द एल रायको फिल्म ‘रक्षाबन्धन’मा देखिँदैछन् । फिल्म अगष्टमा रिलिज हुँदैछ । उनीहरुको केमेष्ट्रीलाई दर्शकले रुचाएका थिए।

करीना कपूर खान र आमिर खानले ‘थ्री इडियट्स’ र ‘तलाश’ जस्ता फिल्ममा सँगै अभिनय गरे । अब यो जोडी अद्वैत चन्दनको फिल्म ‘लाल सिंह चड्डा’मा स्क्रिन शेयर गर्दै दर्शकमाझ आउँदैछन् । करीनाले फिल्ममा अभिनय गर्न अडिसन नै दिएकी थिइन् । उनले आमिरको सम्मानका निमित्त अडिसन दिएको बताइसकेकी छन् ।

अभिनेता कार्तिक आर्यन र अभिनेत्री सेननले सन् २०१९ को फिल्म ‘लुकाछिपी’मा रोमान्स गरेका थिए । यो जोडी फिल्म ‘शहजादा’मा पनि देखिँदैछन् । साउथ इन्डियन फिल्म ‘अला वैकुण्ठपुरमलु’ को हिन्दी रिमेक रहेको फिल्म बेलाबखतमा चर्चामा आउने गरेको छ । कृति यसवर्ष अभिनेता टाइगर श्राफसँग पनि देखिदै छिन् । यो जोडीले सन् २०१४ मा रिलिज फिल्म ‘हीरोपन्ती’मा काम गरेका थिए । उनीहरुको केमेष्ट्रीलाई दर्शकले निकै मन पराएका थिए । अब यो जोडी ‘गणपत’मा देखिँदैछन् ।

अभिनेता शाहरुख खान अभिनेत्री दीपिका पादुकोणको डेब्यू फिल्म ‘ओम शान्ति ओम’ मा उनको को–स्टार थिए । यो फिल्मपछि उनीहरुले ‘चेन्नइ एक्सप्रेस’ र ‘ह्याप्पी न्यू ईयर’मा सहकार्य गरे । अब यो जोडी फिल्म ‘पठान’ मा देखिँदैछन् । फिल्म आउँदो वर्ष रिलिज हुनेछ । फिल्ममा दर्शकले एक्सन र थ्रिल देख्न पाउनेछन् । दीपिकाले पनि यसमा एक्सन गर्नेछिन् ।

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  १२ : ०० बजे

लामिछानेको रिट ’हेर्दाहेर्दै’मा बिहीबार सुनुवाइ हुने

काठमाडौं– सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

भयावह मूल्यवृद्धि रोक्न पेट्रोलियम पदार्थको मूल्यमा सहुलियत दिन कांग्रेस महामन्त्री पौडेलको आग्रह 

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मध्यपूर्वमा देखिएको द्वन्द्वको असर

‘गण्डकी प्रदेशस्तरीय गाउँ पर्यटन मार्ट २०८३’ बन्दीपुरमा हुने

गण्डकी– तनहुँको बन्दीपुरमा गण्डकी प्रदेशस्तरीय गाउँ पर्यटन मार्ट २०८३ आयोजना

हत्या गरेको अभियोगमा एकजना पक्राउ

बाँके– बैजनाथ गाउँपालिका-५ छमनिया बस्ने ५१ वर्षीया भगवनी थारूको हत्या गरेको अभियोगमा

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ

कास्की– मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा दुई जनालाई आइतबार प्रहरीले