श्रीलंकाली राष्ट्रपतिले बुधबार राजीनामा दिने « Khabarhub

श्रीलंकाली राष्ट्रपतिले बुधबार राजीनामा दिने


२६ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – श्रीलंकाली राष्ट्रपति गोटाबाया राजपाक्षेले आफ्नो पदबाट यही जुलाईको १३ तारिखमा राजीनामा दिने भएका छन् । उनले श्रीलंकाली संसदका सभामुख महिन्दा यापा अविवर्दनालाई सो कुराको जानकारी गराएका छन् ।

राष्ट्रपति गोटाबायाले शनिबार सभामुख अविवर्दनासँग आफूले जुलाई १३ मा राजीनामा गर्ने जानकारी गराएका सभामुख अविवर्दनाको कार्यालयले शनिबार प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।

श्रीलंकाका विभिन्न राजनीतिक दलहरुले गरेको मागका आधारमा राष्ट्रपति गोटाबायाले यो निर्णय गरेको जानकारी सभामुखको कार्यालयले प्रकाशन गरेको सो विज्ञप्तिमा जनाइएको छ ।

यसअघि यहाँका प्रधानमन्त्री रनिल विक्रमासिंघेले पनि आफ्नो पदबाट राजीनामा दिने बताइसकेका छन् । प्रधानमन्त्री विक्रमासिंघे र राष्ट्रपति गोटबायाले नै पद त्याग गर्नुपर्ने माग यहाँका राजनीतिक दलहरुले संसदमा गरिरहेका थिए । सोही मागका आधारमा उनीहरुले पद त्याग गर्ने निर्णय गरेका बताइएको छ ।

उता शनिबार नै राष्ट्रपति गोटबाया र प्रधानमन्त्रीको निवास र कार्यालयमा प्रदर्शनकारीहरु प्रवेश गरेका थिए । उनीहरुले प्रधानमन्त्री विक्रमासिंघेको घरमा आगजनी समेत गरेका छन् ।

उता राष्ट्रपति गोटाबायाले पनि शनिबार नै आफ्नो सरकारी निवास छोडेका यहाँका सञ्चारमाध्यमहरुले जानकारी गराएका छन् ।

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  १२ : ०८ बजे

कांग्रेस महाधिवेशन : बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै, सभापति थापाले सम्बोधन गर्ने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज चौथो दिन बन्द

सोह्र लाखबराबरको अवैध पटाका बरामद

कञ्चनपुर– जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले १६ लाखबराबरको अवैध पटाका बरामद

एमाले स्थायी कमिटी बैठक आह्वान

काठमाडौँ- नेकपा एमालेले स्थायी कमिटी कमिटी बैठक आह्वान गरेको छ

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीनवटा पक्की पुल निर्माण

कास्की– राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा

मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

बागलुङ– यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति