पारिश्रमिक नलिने बलिउड स्टारहरू  | Khabarhub Khabarhub

पारिश्रमिक नलिने बलिउड स्टारहरू 


२६ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बलिउड सेलिब्रेटीलाई यसकारण स्टार भनिन्छ किनकि उनीहरू फिल्मको चम्किला अनुहार हुन् । उनीहरूकै कारण फिल्म हिट वा फ्लप हुने गर्दछ ।

हरेक फिल्मका लागि यी कलाकारहरू निर्माताबाट करोडौँ पारिश्रमिक लिन्छन् । करीना कपुरदेखि कट्रिना कैफसम्म यस्ता कैयौँ सेलिब्रेटी छन्, जसले कुनै फिल्म या गीतका लागि कुनै पारिश्रमिक लिएनन् । अर्थात् उनीहरूले सामिप्यताका आधारमा निःशुल्क काम गरे ।

अभिनेत्री करीना कपुर खानले एक नभई दुई फिल्मका लागि निःशुल्क काम गरिन् । उनले फिल्म ‘बिल्लू’ को गीत ‘मरजानी’ र ‘दबंग २’को गीत ‘फेवीकोल से’ का लागि कुनै शुल्क लिइनन् । किनकि यी दुई गीतको लागि दुई खानले अफर गरेका थिए।  ‘बिल्लू’ को लागि शाहरुखले करीनालाई आग्रह गरेका थिए । किनकि फिल्मलाई शाहरुखको कम्पनीले निर्माण गरिरहेको थियो ।

यस्तै , दबंगलाई सलमान खानले निर्माण गरिरहेका थिए । उनका भाई अरबाज खानको प्रोडक्सन भएकाले करीनाले पारिश्रमिक लिईनन् । किनकि उनले डिमाण्ड गर्ने अवस्था थिएन । त्यसैले उनले नि:शुल्क काम गर्ने सोच बनाइन ।

अभिनेत्री कट्रिना कैफले फिल्म ‘अग्निपथ’ मा ‘चिकनी चमेली’मा आइटम नृत्य गरेकी थिइन् । उनले यो गीतमा कुनै पारिश्रमिक लिइनन् । यसको कारण निर्माता करण जोहरसँगको मजबुत सम्बन्ध थियो । त्यस्तो करणसँग प्राय हिरोइनको सम्बन्ध सुमधुर नै छ । यद्यपि बलिउडमा सम्बन्धसँगै व्यावसायिक जीवन पनि हेरिन्छ । यद्यपि कट्रिनाले पारिश्रमिक लिन मानिनन् ।

अभिनेता शाहरुख खानले फिल्म ‘भूतनाथ’मा एउटा सानो भूमिकामा अभिनय गरेका थिए । जुन भूमिकाको उनले पारिश्रमिक लिएनन् । यो फिल्ममा अमिताभ बच्चन र जुही चावलाको पनि अभिनय थियो । जुही फिल्ममा रहेकाले पनि शाहरुखले पारिश्रमिक लिएनन् । किनकि जुही उनकी बिजनेस पार्टनर समेत हुन् ।

अभिनेत्री दीपिका पादुकोण सर्वाधिक पारिश्रमिक लिने अभिनेत्रीमा पर्छिन् । उनले डेब्यु फिल्म ‘ओम शान्ति ओम’का लागि कुनै पारिश्रमिक लिएकी थिइनन् । फिल्ममा प्रमुख भूमिकाका लागि उनले निःशुल्क अभिनय गरेकी थिइन् । किनकि उनलाई बलिउडमा डेब्यु चाहिएको थियो । बलिउडका रोमान्स किङ्गसँग डेब्यु हुने भएपछि उनले पारिश्रमिक नलिएकी हुन् ।

अभिनेता सलमान खानले फिल्म ‘सन अफ सरदार’ र ‘तीस मार खाँ’ जस्ता कैयौँ फिल्ममा केमियो गरेका छन् । यी केमियो भूमिकामा उनले कुनै पारिश्रमिक लिएका छैनन् । उनले आफ्नो साथीहरूको लागि केमियो गर्ने गरेका छन् । उनी स-साना भूमिका देखिने गर्छन् । यद्यपि यसलाई पछिल्लो समय निकै कम गरेको उनले एक अन्तर्वार्तामा समेत बताएका थिए ।

अभिनेत्री सोनम कपुरले फरहान अख्तरको फिल्म ‘भाग मिल्खा भाग’मा अभिनय गरेकी थिइन् । उनले फिल्मबाट पारिश्रमिकबापत मात्र ११ रुपैयाँ लिएकी थिइन् । किनकि उनलाई निर्देशक राकेश ओमप्रकाश मेहरासँग काम गर्नु थियो । त्यसैले कारणले उनले सानो भूमिकालाई समेत एसेप्ट गरिन् । किनकि निर्देशक मेहरा ‘रङ्ग दे वसन्ती’ मार्फत धेरै स्टारको फेवरेट बनिसकेका थिए ।

सोनाक्षी सिन्हा बलिउडकी लोकप्रिय अभिनेत्रीमा पर्छिन् । उनले अक्षय कुमारको फिल्म ‘बोस’मा ‘पार्टी अल नाइट’ गीतका लागि कुनै पारिश्रमिक लिइनन् । किनकि उनले अक्षयसँग काम गरेको फिल्महरुले बलिउड बक्सअफिसमा कमाल गरिरहेको थियो । लगातार एकपछि अर्को फिल्ममा अक्षयसँग काम गरिरहँदा उनले एक गीतको लागि पारिश्रमिक नलिने बताएकी थिइन् ।

अभिनेता शाहिद कपुरले फिल्म ‘हैदर’मा कुनै पारिश्रमिक लिएनन् । यो फिल्म कश्मीरको युवामाथि बनेको थियो । उनले यो फिल्मबाट ‘बेस्ट एक्टर फिल्म फेयर अवार्ड’ पाएका थिए । किनकि फिल्मलाई विशाल भारद्वाजले बनाइरहेका थिए । विशालले शाहिदलाई ‘कमिने’ जस्तो फिल्म दिएका थिए ।

अभिनेत्री रानी मुखर्जीले बलिउडमा कैयौँ सुपरहिट फिल्म दिइन् । उनले फिल्म ‘कभी खुसी कभी गम’का लागि करण जोहरबाट कुनै पैसा लिइनन् । किनकि करण र रानी मिल्ने साथी हुन् । साथै , फिल्ममा उनको भूमिका सानो थियो । यसैले गर्दा पनि रानले पारिश्रमिक लिन मानिनन् ।

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  १२ : १६ बजे

जर्मनीलाई हराउँदै स्पेन युरोकपको सेमिफाइनलमा

काठमाडौं – स्पेन १७ औँ संस्करणको युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश

कल्भर्ट भत्किँदा च्यापिएर एकजनाको मृत्यु

जुम्ला – यहाँको पातारासी गाउँपालिका–१ स्थित डलिगाड ठूलो खोलामा पुरानो

स्पेनविरुद्ध जर्मनी : गोलरहित बराबरीमा सकियो पहिलो हाफ

काठमाडौं – जर्मनीमा जारी १७औँ संस्करणको युरोकप अन्तर्गतको पहिलो क्वाटरफाइनल

अब बन्ने सरकारलाई असफल हुने छुट छैन : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

लेनदेन बिगो मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं – जिल्ला प्रहरी परिसर काठमाडौं फैसला कार्यान्वयन अन्तर्गत लेनदेन