पारिश्रमिक नलिने बलिउड स्टारहरू  « Khabarhub

पारिश्रमिक नलिने बलिउड स्टारहरू 


२६ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बलिउड सेलिब्रेटीलाई यसकारण स्टार भनिन्छ किनकि उनीहरू फिल्मको चम्किला अनुहार हुन् । उनीहरूकै कारण फिल्म हिट वा फ्लप हुने गर्दछ ।

हरेक फिल्मका लागि यी कलाकारहरू निर्माताबाट करोडौँ पारिश्रमिक लिन्छन् । करीना कपुरदेखि कट्रिना कैफसम्म यस्ता कैयौँ सेलिब्रेटी छन्, जसले कुनै फिल्म या गीतका लागि कुनै पारिश्रमिक लिएनन् । अर्थात् उनीहरूले सामिप्यताका आधारमा निःशुल्क काम गरे ।

अभिनेत्री करीना कपुर खानले एक नभई दुई फिल्मका लागि निःशुल्क काम गरिन् । उनले फिल्म ‘बिल्लू’ को गीत ‘मरजानी’ र ‘दबंग २’को गीत ‘फेवीकोल से’ का लागि कुनै शुल्क लिइनन् । किनकि यी दुई गीतको लागि दुई खानले अफर गरेका थिए।  ‘बिल्लू’ को लागि शाहरुखले करीनालाई आग्रह गरेका थिए । किनकि फिल्मलाई शाहरुखको कम्पनीले निर्माण गरिरहेको थियो ।

यस्तै , दबंगलाई सलमान खानले निर्माण गरिरहेका थिए । उनका भाई अरबाज खानको प्रोडक्सन भएकाले करीनाले पारिश्रमिक लिईनन् । किनकि उनले डिमाण्ड गर्ने अवस्था थिएन । त्यसैले उनले नि:शुल्क काम गर्ने सोच बनाइन ।

अभिनेत्री कट्रिना कैफले फिल्म ‘अग्निपथ’ मा ‘चिकनी चमेली’मा आइटम नृत्य गरेकी थिइन् । उनले यो गीतमा कुनै पारिश्रमिक लिइनन् । यसको कारण निर्माता करण जोहरसँगको मजबुत सम्बन्ध थियो । त्यस्तो करणसँग प्राय हिरोइनको सम्बन्ध सुमधुर नै छ । यद्यपि बलिउडमा सम्बन्धसँगै व्यावसायिक जीवन पनि हेरिन्छ । यद्यपि कट्रिनाले पारिश्रमिक लिन मानिनन् ।

अभिनेता शाहरुख खानले फिल्म ‘भूतनाथ’मा एउटा सानो भूमिकामा अभिनय गरेका थिए । जुन भूमिकाको उनले पारिश्रमिक लिएनन् । यो फिल्ममा अमिताभ बच्चन र जुही चावलाको पनि अभिनय थियो । जुही फिल्ममा रहेकाले पनि शाहरुखले पारिश्रमिक लिएनन् । किनकि जुही उनकी बिजनेस पार्टनर समेत हुन् ।

अभिनेत्री दीपिका पादुकोण सर्वाधिक पारिश्रमिक लिने अभिनेत्रीमा पर्छिन् । उनले डेब्यु फिल्म ‘ओम शान्ति ओम’का लागि कुनै पारिश्रमिक लिएकी थिइनन् । फिल्ममा प्रमुख भूमिकाका लागि उनले निःशुल्क अभिनय गरेकी थिइन् । किनकि उनलाई बलिउडमा डेब्यु चाहिएको थियो । बलिउडका रोमान्स किङ्गसँग डेब्यु हुने भएपछि उनले पारिश्रमिक नलिएकी हुन् ।

अभिनेता सलमान खानले फिल्म ‘सन अफ सरदार’ र ‘तीस मार खाँ’ जस्ता कैयौँ फिल्ममा केमियो गरेका छन् । यी केमियो भूमिकामा उनले कुनै पारिश्रमिक लिएका छैनन् । उनले आफ्नो साथीहरूको लागि केमियो गर्ने गरेका छन् । उनी स-साना भूमिका देखिने गर्छन् । यद्यपि यसलाई पछिल्लो समय निकै कम गरेको उनले एक अन्तर्वार्तामा समेत बताएका थिए ।

अभिनेत्री सोनम कपुरले फरहान अख्तरको फिल्म ‘भाग मिल्खा भाग’मा अभिनय गरेकी थिइन् । उनले फिल्मबाट पारिश्रमिकबापत मात्र ११ रुपैयाँ लिएकी थिइन् । किनकि उनलाई निर्देशक राकेश ओमप्रकाश मेहरासँग काम गर्नु थियो । त्यसैले कारणले उनले सानो भूमिकालाई समेत एसेप्ट गरिन् । किनकि निर्देशक मेहरा ‘रङ्ग दे वसन्ती’ मार्फत धेरै स्टारको फेवरेट बनिसकेका थिए ।

सोनाक्षी सिन्हा बलिउडकी लोकप्रिय अभिनेत्रीमा पर्छिन् । उनले अक्षय कुमारको फिल्म ‘बोस’मा ‘पार्टी अल नाइट’ गीतका लागि कुनै पारिश्रमिक लिइनन् । किनकि उनले अक्षयसँग काम गरेको फिल्महरुले बलिउड बक्सअफिसमा कमाल गरिरहेको थियो । लगातार एकपछि अर्को फिल्ममा अक्षयसँग काम गरिरहँदा उनले एक गीतको लागि पारिश्रमिक नलिने बताएकी थिइन् ।

अभिनेता शाहिद कपुरले फिल्म ‘हैदर’मा कुनै पारिश्रमिक लिएनन् । यो फिल्म कश्मीरको युवामाथि बनेको थियो । उनले यो फिल्मबाट ‘बेस्ट एक्टर फिल्म फेयर अवार्ड’ पाएका थिए । किनकि फिल्मलाई विशाल भारद्वाजले बनाइरहेका थिए । विशालले शाहिदलाई ‘कमिने’ जस्तो फिल्म दिएका थिए ।

अभिनेत्री रानी मुखर्जीले बलिउडमा कैयौँ सुपरहिट फिल्म दिइन् । उनले फिल्म ‘कभी खुसी कभी गम’का लागि करण जोहरबाट कुनै पैसा लिइनन् । किनकि करण र रानी मिल्ने साथी हुन् । साथै , फिल्ममा उनको भूमिका सानो थियो । यसैले गर्दा पनि रानले पारिश्रमिक लिन मानिनन् ।

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  १२ : १६ बजे

कार्यसम्पादनमा विशेष ध्यान दिन महानिरीक्षक कार्कीको निर्देशन

काठमाडौं – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले मातहतका

इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर बिहीबार नेपाल आउँदै

काठमाडौँ– संयुक्त राज्य अमेरिकाको इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर एड्मिरल सामुयल पापारो

कर्णालीको स्वास्थ्य सेवा विस्तारका लागि बजेट अभाव हुँदैन : स्वास्थ्यमन्त्री गौतम

जुम्ला- नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले कर्णालीको

गरिखानेहरुको प्रदेश बनाउन शिक्षा प्रणालीमा सुधार गर्छौं : मुख्यमन्त्री बानियाँ

बागमती – बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशलाई गरिखानेहरुको

पूर्वमुख्यमन्त्री शर्मा नेकपाबाट निष्कासित

काठमाडौँ- कर्णालीका पूर्वमुख्यमन्त्री  राजकुमार शर्मा पार्टीबाट निष्काशित भएका छन् ।