विराटनगरमा बकरिद हर्षोल्लासका साथ मनाइयो « Khabarhub

विराटनगरमा बकरिद हर्षोल्लासका साथ मनाइयो


२६ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ– इस्लाम धर्मावलम्बीले मनाउने दोस्रो ठूलो चाड बकरिद (ईद उल अजहा) आज हर्षोल्लासका साथ मनाइएको छ । यसै उपलक्ष्यमा आज बिहान विराटनगर–१३ स्थित इदगाहमा सामूहिक नमाज (प्रार्थना) गरिएको छ ।इस्लाम धर्मावलम्बीको महान चाड बकर ईद रमजान पर्वको ७० औँ दिनमा मनाउने धार्मिक परम्परा छ । इस्लाम पात्रो हिजरी संवत्अनुसार नयाँ वर्षको जुल हिज्जा महिनाको दशौँ दिनमा यो पर्व मनाइन्छ । 

ईदलाई आत्मशुद्धिको पर्वसमेत भनिन्छ । यो पर्व मनाउनुअघि इस्लाम धर्मावलम्बी बिहानै नुहाएर शरीरलाई शुद्ध बनाइ नयाँ वस्त्रधारण गर्छन् । त्यसपछि मस्जिद वा इदगाहामा पुगेर नमाज पढ्ने प्रचलन रहिआएको छ । यो पर्व एउटा उत्साह र समानताको प्रतीक पनि हो । जहाँ परिवार र समुदायका हरेक व्यक्ति चाहे धनी हुन् वा गरिब आपसमा मुस्कान र सदाचारका शुभेच्छासहित एक अर्कामा अङ्गालोमा बाँधिएर शुभकामना आदानप्रदान गर्दछन् । आपसी सद्भावको चाडको रूपमा मनाइने यो पर्वले सामाजिक सद्भाव अभिवृद्धि गर्न तथा सहकार्यको बाटोमा अघि बढ्न प्रेरित गर्दै आएकै छ ।

यो पर्वका बेला हैसियत हुने मुस्लिम हज गर्न साउदी अरबको मक्का मदिना जाने गर्छन् भने अन्यले आफ्नो घरमा जनावरको कर्बानी (बलि) दिने गर्दछन् । उक्त कुर्बानीको मासु तीन भाग लगाएर एक भाग आफ्नो परिवार, अर्को भाग छिमेकी तथा इष्टमित्र र अर्को एक भाग गरीब तथा दिन दुःखीलाई बाँड्ने गरिन्छ । सबैले चाँड पर्व रमाइलो गरी मनाउनका लागि यसरी मासुको भाग लगाइन्छ ।

यस पर्वको उपलक्ष्यमा मुस्लिम समुदायले आफन्तजनसँग एकआपसमा अङ्गालो हाली शुभकामना आदान प्रदान गर्नाका साथै युवायुवती, केटाकेटी  विराटनगरको बजार तथा मलहरुमा किनमेल तथा चिसो पेयपदार्थ खाएर  रमाइलो गरेका छन् । यसैबीच इस्लाम धर्मगुरुले कुर्बानी (बलि) को कुनै पनि फोटो तथा भिडियो सामाजिक सञ्चालनमा नराख्न सबैलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  १२ : ३३ बजे

कांग्रेसको बन्द सत्रमा सबैलाई प्रवेश खुला, प्रत्यक्ष प्रसारण हुने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिनको बन्द सत्र

कांग्रेस महाधिवेशन : बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै, सभापति थापाले सम्बोधन गर्ने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज चौथो दिन बन्द

सोह्र लाखबराबरको अवैध पटाका बरामद

कञ्चनपुर– जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले १६ लाखबराबरको अवैध पटाका बरामद

एमाले स्थायी कमिटी बैठक आह्वान

काठमाडौँ- नेकपा एमालेले स्थायी कमिटी कमिटी बैठक आह्वान गरेको छ

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीनवटा पक्की पुल निर्माण

कास्की– राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा