भीमसेन थापा स्मृति पुरस्कार भक्ति थापा प्रतिष्ठानलाई « Khabarhub

भीमसेन थापा स्मृति पुरस्कार भक्ति थापा प्रतिष्ठानलाई


२६ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- यस वर्षको राष्ट्रिय विभूति भीमसेन थापा स्मृति पुरस्कार भक्ति थापा स्मृति प्रतिष्ठानलाई प्रदान गरिने भएको छ । प्रतिष्ठानको शनिबार सम्पन्न बैठकले सो निर्णय गरेको हो ।

इतिहासको क्षेत्रमा विशेष योगदान गर्ने व्यक्ति तथा संस्थालाई दिइने उक्त पुरस्कारको राशि यस वर्षदेखि वृद्धि गरी रु एक लाख पुर्‍याउने निर्णय बैठकले गरेको प्रतिष्ठानका अध्यक्ष प्रा डा पार्थि वेश्वरप्रसाद तिमिल्सिनाले जानकारी दिएका छन् ।

पुरस्कार आगामी साउन ९ गते थापाको २४८औँ जन्म जयन्तीका अवसरमा प्रदान गरिने अध्यक्ष प्रा डा तिमिल्सिनाले बताए । यसअघि उक्त पुरस्कार प्रा डा तुलसीराम वैद्यलाई प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ ।

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  १२ : ४८ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४