जिल्लामा राहदानीको सकस | Khabarhub Khabarhub

जिल्लामा राहदानीको सकस


२६ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलेवा– चितवनमा बस्ने जैमिनी नगरपालिका–४ सर्कुवाकी ६१ वर्षीया इन्द्रकला आचार्य एक साताअघि राहदानी बनाउन जिल्ला प्रशासन कार्यालय पुगे। आफन्तका साथमा कार्यालयमा पुगेकी उनले उनको पहिलो काम भयो राष्ट्रिय परिचयपत्र बनाउने । राहदानीको फाराम भर्नुपूर्व राष्ट्रिय परिचयपत्रको फाराम भर्नुपर्छ । तोकिएको अनुसूचीमा आफैँले अनलाइनमा फाराम भरेपछि राष्ट्रिय परिचयपत्रका सबै काम एकैछिनमा प्रशासन कार्यालयले गर्छ। आचार्यले राष्ट्रिय परिचयपत्रको फाराम कार्यालयअघि रहेको एक कम्प्युटर सेन्टरमा भरेकी थिइन् । उनको हातमा उक्त परिचयपत्रको फाराम भरेको एकप्रति थमाइएपछि प्रशासनका कर्मचारीले भने ‘अब राहदानीका लागि आफैँले मिति लिनुहोस्, अनलाइन फाराम भर्नुहोस् र फोटो खिचाउन तोकिएको मितिमा आउनुहोला ।

आचार्य कम्प्युटर जान्नुहुन्न, उनीसँगै आएका आफन्त पनि कम्प्युटरमा दख्खल थिएनन् । ‘कहाँ जाने, कसरी फाराम भर्ने, मेसो पाइएन’, सँगै आएका प्रेम पौडेलले भने, ‘फेरि पालो कुर्नुपर्छ भन्छन्, पालो लिने कसरी भन्ने थाहा भएन, अनि हामीले अघिकै ठाउँमा गएर सोध्यौँ ।’ आफैँले फाराम भर्न नसक्ने भएपछि उनीहरु त्यहाँ पुगे । इमरर्जेन्सी भए छिट्टै पालो आउने र नभए मिति लिन एक महिना लाग्ने जवाफ पाइयो । राष्ट्रिय परिचयपत्र जस्तै राहदानीको पनि एकैछिनमा काम सकिने आशा राखेकी आचार्यको राहदानीका लागि फाराम भर्ने, तस्बिर खिचाउने समय तालिका पाउनै एक महिना लाग्ने रहेछ ।

 चितवनबाट राहदानीकै लागि बागलुङ आइपुगेकी आचार्य उतै फर्किइन्। अनलाइनमार्फत समय तालिका लिएर फाराम भर्न उनले बागलुङ बजारकै आविश्कार स्टेशनरीमा कागजात छाडिन् तर कहिले समय पाइन्छ थाहा छैन । प्रशासनका अनुसार मङ्गलबार साँझ ५ बजेपछि र शुक्रबार दिउँसो ३ बजेपछि बुकिङ खुला हुने सूचना गरिएको छ । यही समस्याका कारण आचार्य र उनीजस्ता कयौँले समयमा राहदानीको फारामसमेत भर्न पाएका छैनन् ।

काम गर्दागर्दै कोटा फुल भएको भन्छ, सर्भर इरर देखाउँछ, खुलिनसक्दै कसले फाराम भर्छ र यस्तो हुन्छ ? आविश्कास स्टेशनरीका सञ्चालक चन्द्रप्रकाश शर्माले भने, ‘धेरै जनाले दुःख पाइयो भनेर आउने गरेका छन्।’ 

जिल्ला प्रशासन कार्यालयमा दैनिक ४० जनाले राहदानीका लागि तस्विर खिचाउँछन् । १५० जनाले राष्ट्रिय परिचयपत्र बनाउने गरेको तथ्याङ्क प्रशासनसँग छ । राहदानी बनाउन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ । ‘राष्ट्रिय परिचयपत्रको रेसियो हेर्दा सोही अनुपातमा राहदानी बनाउने पनि आउँछन् तर फाराम भर्ने, फोटो खिचाउने मिति नै पाउँदैनन्’, शर्माले  भने, ‘सर्वसाधारणका लागि सहज होस् भनेर ल्याइएको सिस्टमले न  समयमा काम भएको छ, न त खर्च बचेको छ, यो त झन दुःख पाउने काम भयो ।’

प्रमुख जिल्ला अधिकारी रमेश ढकालले ‘सिङ्गल युनिट डिभाईस’ का कारण हरेक दिन राहदानीका लागि आउने सबैको फाराम भर्न सकिएको बताए । फाराम लाभग्राही आफैँले भर्नुपर्ने भए पनि त्यहाँ प्रविष्टि गर्नुपर्ने कागजात र जानकारी जोकोहीले प्रविष्ट गर्न कठिन रहेको उनले स्वीकारे । ‘फाराम मैले नै भर्न नसक्ने खालको छ, कठिन हुन्छ, साइवरबाट फाराम भरेर लाभग्राही आउने गर्नुभएको छ’, उनले भने, ‘रहदानी विभागले डिभाइस, युनिट र जनशक्ति बढाइदिए काम गर्न सहज हुन्छ ।

‘राहदानीका लागि आउने लाभग्राहीले छिमेकी जिल्लामा जत्तिकै पनि बागलुङमा सहज नभएको गुनासो गर्दै आएका छन् । प्रशासनबाटै काम गर्न पनि आसपासका कम्प्युटर सेन्टर र साइबरको भरपर्नुपर्ने बाध्यता रहेको सेवाग्राहीको गुनासो छ । दैनिक ४० जनाको तस्बिर खिच्ने प्रशासनले विद्युत् आपूर्ति अनियमित हुँदा दिनमै १०/१५ जनाको मात्रै फाराम भर्नुपर्ने स्थिति आउने गरेको प्रजिअ ढकालले बताए । इ–पासपोर्ट सुरु भएदेखि कोही कसैले पनि राहदानीका लागि सदरमुकाम आएर एकै दिनमा काम सक्दैनन् । -रासस

 

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  २ : ५८ बजे

वनमन्त्री शाहीसँग कतारका विशेष दूतको भेट, दुई देशबीच साझेदारीबारे छलफल  

काठमाडौं– वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीसँग नेपाल भ्रमणमा रहेका

कर्णालीका शून्य बेरुजु भएका चार कार्यालय, कुन मन्त्रालयको कति बेरुजु ?

सुर्खेत – आर्थिक वर्ष २०८०–८१ मा कर्णाली प्रदेश सरकार मातहतका

५२ वर्षको उमेरमा विद्यालय भर्ना भएर कक्षा १ मा पढ्दै वडासदस्य डल्लीदेवी

कञ्चनपुर- पढाइको चाहना पूरा गर्न उमेर तगारो नहुँदोरहेछ । यही

हिमाल जोगाउने सत्प्रयास सगरमाथा संवाद

काठमाडौं – हिमाललाई ढाक्यो कान्छा….हो…हो…हो…हो… हिमाललाई ढाक्यो कान्छा… होहिउँको पछ्यौरीले…पिरतीको

‘आमा समूहसँग उपमेयर’ कार्यक्रममार्फत महिलालाई सीपमूलक तालिम

म्याग्दी– म्याग्दीको बेनी नगरपालिकाले सञ्चालन गरेको ‘आमा समूहसँग उपमेयर’ कार्यक्रममार्फत