संस्कृति मन्त्रालयबाट ४३ जना श्रष्टा पुरस्कृत « Khabarhub

संस्कृति मन्त्रालयबाट ४३ जना श्रष्टा पुरस्कृत


२६ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले विभिन्न विधाका ४३ जना श्रष्टालाई पुरस्कृत गरेको छ । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा मन्त्रालयले आइतबार आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पुरस्कृत श्रष्टाहरुलाई नगद पुरस्कारसहित सम्मान गरेका हुन् । 

कार्यक्रममा प्रधानमन्त्री देउवाले भाषा, साहित्य, संस्कृति, संगीत एवं नाट्य विधा देशको सभ्यता र संस्कृतिको धरोहर रहेको बताउँदै श्रष्टाहरूलाई सम्मान गर्नु राष्ट्रिय दायित्व भएको बताए । उनले सम्मानबाट श्रष्टाहरुमा थप सिर्जनात्मक काम गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले भाषा, साहित्य र संस्कृतिको प्रवर्द्धनलाई सरकारले प्राथमिकतामा राखेको बताए । भाषा, साहित्य, संस्कृतिलगायत राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमार्फत स्वदेश तथा विदेशमा नेपालको पहिचान विस्तारमा योगदान दिने मुर्धन्य श्रष्टाहरुको मन्त्रालयले सम्मान गरेको श्रेष्ठले बताए । मुलुकको प्रतिष्ठा उच्च बनाउन श्रष्टाबाट थप योगदान हुने विश्वास समेत उनको भनाइ छ ।

समारोहमा राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार, महाकवि देवकोटा पुरस्कार, गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार, भगत सर्वजित् मानव मर्यादा राष्ट्रिय पुरस्कार र इतिहास शिरोमणि बाबुराम आचार्य राष्ट्रिय पुरस्कार वितरण गरिएको थियो । राष्ट्रिय प्रतिभा पुरस्कार अन्तर्गत साहित्य, संगीत नाट्य, संस्कृति र ललितकला विधामा पुरस्कार प्रदान गरिएको थियो ।

राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मानित हुनेहरूमा सोमराज अभय, हरिवंश आचार्य, रमेश ढुङ्गेल, हेम पौडेल छन् । प्रादेशिक प्रतिभा पुरस्कार पाउनेहरूमा यज्ञेश्वर निरौला, अयोध्यानाथ चौधरी, हरिप्रसाद सिलवाल, बालकृष्ण अधिकारी, विष्णुबहादुर सिंह, बखतबहादुर थापा, गणेशराज जोशी लगायत छन् । महाकवि देवकोटा पुरस्कारबाट बेञ्जु शर्मा, राम विनय, पुष्करराज भट्ट, विजय चालिसे, आरडी प्रभास चटौतलाई सम्मानित गरिएको थियो ।

गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कारबाट अमरराज गिरीलाई सम्मानित गरिएको थियो भने इतिहास शिरोमणि बाबुराम आचार्य पुरस्कारबाट त्रिरत्न मानन्धर र भगत सर्वजित् मानव मर्यादा पुरस्कारबाट लालबहादुर विश्वकर्मा र खगेन्द्र संग्रौलालाई सम्मान गरिएको थियो । पुरस्कार छनोटका लागि मन्त्रालयको कार्यविधिअनुसार छनोट मूल समिति गठन गरिएको थियो ।

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  ४ : ३९ बजे

जुन घटनापछि मलेसियाले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगायो

काठमाडौँ – विद्यालयभित्रै आफ्नै सहपाठी १६ वर्षीया छात्रा याप सिङ

नारायणगढ–मुग्लिन सडक सञ्चालन

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाएर दुवैतर्फी रुपमा सडक सञ्चालनमा

भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव, सुत्केरी सेवा ‘म्याट्रेस’ मा

चितवन– भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव हुँदा सुत्केरी पश्चातको सेवा

लिभरपुलमाथि लिड्सको पुनरागमन जित, ४–२ गोल अन्तरले पराजित

काठमाडौँ – अमेरिकाको सिकागोमा भएको प्रिसिजन मैत्रीपूर्ण फुटबल खेलमा लिभरपुल

चितवनबाट गत एक वर्षमा ८९ जना बेपत्ता

चितवन– चितवन जिल्लाबाट बेपत्ता भएका व्यक्ति मध्ये ८९ जना अझै