लमजुङका ३८ कृषकलाई उत्पादनमा आधारित प्रोत्साहन « Khabarhub

लमजुङका ३८ कृषकलाई उत्पादनमा आधारित प्रोत्साहन


२६ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– कृषि ज्ञान केन्द्र लमजुङले जिल्लाका ३८ किसानलाई क्षेत्रफलको आधारमा तरकारी उत्पादन प्रोत्साहन सहयोग गरेको छ । खुला तथा नियन्त्रित रूपमा व्यावसायिक तरकारी खेती गरिरहेका कृषि फार्म तथा समूहलाई नगद १ लाख ८ हजारदेखि ६ हजारसम्म प्रोत्साहन सहयोग गरिएको हो । 

सम्मानित हुनेहरूमा बेँसीशहर, सुन्दरबजार, राइनास, मध्यनेपाल नगरपालिका, मर्स्याङ्दी, दोर्दी र क्व्होलासोथर गाउँपालिकाका गरी ३८ जना रहेका छन् । ज्ञान केन्द्रका अनुसार केन्द्रले तोकेको मापदण्ड पुरा गरेका कृषकलाई सम्मान गरिएको हो ।

केन्द्रका अर्थविज्ञ मदन रेग्मीका अनुसार कृषकले कम्तीमा खुलामा दुई रोपनी क्षेत्रफलमा र नियन्त्रितमा २ सय वर्गमिटरमा व्यावसायिक खेती गरेको हुनु पर्ने प्रावधान रहेको छ । ज्ञान केन्द्रले तोकेको मापदण्ड पुरा गरी मर्स्याङ्दी गाउँपालिका ९ को भलामचौर मिर्चे नमुना कृषि फार्म सबैभन्दा बढी क्षेत्रफलमा खेती गरी प्रथम भएको छ । सो फार्मलाई एक लाख आठ हजार रुपैयाँ नगद प्रोत्साहन पाएको छ ।

त्यसै दोस्रो हुन सफल मध्यनेपाल नगरपालिका ५ स्थित जंगल कृषि फार्मलाई नगद ५२ हजार नौ सय रुपैयाँ र तेस्रो हुन सफल क्व्होलासोथर गाउँपालिकाका अस्मिता कृषि फार्मलाई नगद ३० हजार प्रोत्साहन रकम प्रदान गरी सम्मान गरेको कृषि प्रसार अधिकृत किरण सापकोटाले बताए । 

आइतबार कृषि ज्ञान केन्द्रको सभाहलमा गरिएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख पूर्णबहादुर गुरुङले कृषि उत्पादन बढाउनुको साथै बजारीकरणमा सहयोग गर्न पालिकाहरूलाई आफूले समन्वय गर्ने बताए । प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले लमजुङको हावापानीले यहाँ व्यावसायिक कृषिको राम्रो सम्भावना रहेको बताए । कृषि ज्ञान केन्द्र लमजुङका प्रमुख सुदीप खतिवडाले कृषिमा व्यवसायिकरण गर्नका लागि प्रविधि, यान्त्रीकरण, सिञ्चाईसहितका विभिन्न क्षेत्रमा सहयोग गरिरहेको बताए । 

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  ८ : १० बजे

प्रतिनिधिसभा निर्वाचन : कैलालीमा १२ मतदान केन्द्र थप

अत्तरिया– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि कैलालीमा

भदौ २३ मा जेन-जीको प्रदर्शनअघि प्रधानमन्त्री र गृहमन्त्री लेखकबीच के कुरा भएको थियो ?

काठमाडौं- पूर्वगृहमन्त्री रमेश लेखकले भदौ २३ गतेको जेन-जी प्रदर्शनअघि प्रधानमन्त्री

अवैध लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ

धादिङ– धुनीवेशी नगरपालिका-८ खानीखोलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २

सरकार र जेन-जीको सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’

काठमाडौं– सर्वोच्च अदालतमा सरकार र जेन-जी पुस्ताबीच भएको १० बुँदे

समानुपातिक सूचीलाई अन्तिम रूप दिन रास्वपा बैठक, बालेन गएनन्

काठमाडौं- समानुपातिक सूचीका उम्मेदवार तय गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक