योग स्वस्थ रहने उत्तम उपाय रहेको पूर्वमन्त्री पोखरेलको भनाइ « Khabarhub

योग स्वस्थ रहने उत्तम उपाय रहेको पूर्वमन्त्री पोखरेलको भनाइ


२६ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मानिसको जीवनलाई तनावमुक्त बनाउन  योग, ध्यानको आवश्यक रहेको पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले बताएका छन् ।

सिटीइभिटीद्वारा सञ्चालित नेपालमा नै पहिलो ६५ दिन ३९० घण्टाको  योग तालिमको समापन कार्यक्रममा बोल्दै नेता पोखरेलले नेपाललाई नै योगयुक्त देश बनाउन आवश्यक रहेको औँल्याए ।

योग प्राचीन विज्ञान भएको हुनाले यसलाई प्रचारप्रसार गरेर सबै मानिस स्वस्थ र खुलासा रहनुपर्ने उनको तर्क छ ।

योगसँगै जोडिएको बैकल्पित आयुर्वेदिक चिकित्सा पद्धति वैकल्पिक नभएको जिकिर गर्दै पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका पोखरेलले यसलाई नै मुख्य उपचार पदतिकोरुपमा विकास गर्नुपर्नेमा जोड दिए ।

हरेक तनावबाट मुक्त बनी स्वस्थ जीवन जिउन योग नै महत्त्वपूर्ण रहेको बताउँदै नेता पोखरलले योगलाई स्वरोजगारमा  जोडन नेपालमा पहिलोपटक पाठ्यक्रम समेत लागू भएको बताए ।

नेता पोखरेलले योगमाया विश्वविद्यालयको लागी आफूले संसद‍्मा लविङ्ग गरिरहेको पनि बताए ।

उनले ठट्यौली पाराले नेताहरूलेसमेत योग गरेको भए नेकपा नफुट्ने दाबी गरे । योगले सकारात्मक विचारको सञ्चार गर्ने भएकाले नेपालका हरेक ठाउँमा योग अभ्यासको जरुरी भएको उनको ठहर छ ।

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  १० : ०९ बजे

प्रतिनिधिसभा निर्वाचन : कैलालीमा १२ मतदान केन्द्र थप

अत्तरिया– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि कैलालीमा

भदौ २३ मा जेन-जीको प्रदर्शनअघि प्रधानमन्त्री र गृहमन्त्री लेखकबीच के कुरा भएको थियो ?

काठमाडौं- पूर्वगृहमन्त्री रमेश लेखकले भदौ २३ गतेको जेन-जी प्रदर्शनअघि प्रधानमन्त्री

अवैध लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ

धादिङ– धुनीवेशी नगरपालिका-८ खानीखोलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २

सरकार र जेन-जीको सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’

काठमाडौं– सर्वोच्च अदालतमा सरकार र जेन-जी पुस्ताबीच भएको १० बुँदे

समानुपातिक सूचीलाई अन्तिम रूप दिन रास्वपा बैठक, बालेन गएनन्

काठमाडौं- समानुपातिक सूचीका उम्मेदवार तय गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक