स्वास्थ्य बिमा कार्यक्रम कोल्याप्स नगर्न एमाले सांसद अधिकारीको माग « Khabarhub

स्वास्थ्य बिमा कार्यक्रम कोल्याप्स नगर्न एमाले सांसद अधिकारीको माग


२५ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एमाले सांसद खगराज अधिकारीले स्वास्थ्य बिमा कार्यक्रम कोल्याप्स नगर्न माग गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले सरकारकै कारण स्वास्थ्य बिमा कार्यक्रम जोखिममा परेको बताए ।

‘स्वास्थ्य बिमा कार्यक्रममा ११ अर्ब संकलन भएको छ विमितहरूबाट । यसलाई अहिले अप्ठेरो अवस्थामा पुर्‍याइएको छ । सम्पूर्ण सरकारी अस्पताल र प्रतिष्ठान यो सेवा बन्द गर्ने अवस्थामा पुगेका छन् ।

के ज्येष्ठ नागरिक, अपांगता भएका नागरिकको हुर्मत लिन लागेको हो ?,’ अधिकारीले प्रश्न गरे । उनले एक मात्र समाजवादन्मुख कार्यक्रम स्वास्थ्य बिमा कोल्याप्स पार्न लागेको भन्दै सरकारको ध्यानाकर्षण गराए । ‘स्वास्थ्य बिमा कोल्याप्स गर्न पाइन्न । एचआईभी एड्स संक्रमित, ज्येष्ठ नागरिक, अपांगता भएका नागरिकको स्वास्थ्यमाथि खेलबाड गर्न खोजिएको भन्दै उनले सभामुखमार्फत सरकारलाई रुलिङ गर्नुपर्ने माग गरे ।

 

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  १ : ३७ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर