सांसद महेश बस्नेतले मागे महान्यायाधिवक्ता खातीको राजीनामा « Khabarhub

सांसद महेश बस्नेतले मागे महान्यायाधिवक्ता खातीको राजीनामा


२५ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एमाले सांसद महेश बस्नेतले महान्यायाधिवक्ता खम्मबहादुर खातीको राजीनामा माग गरेका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै बस्नेतले सरकारको सल्लाहकारसमेत रहेका महान्यायाधिवक्ता आपराधिक गतिविधिमा जोडिएकाले तत्काल प्रधानमन्त्रीले उनलाई बर्खास्त गर्नुपर्ने माग गरे ।

सांसद बस्नेतले ललितपुरकी १३ वर्षीया बालिका बलात्कार घटनाका आरोपीलाई उन्मुक्ति दिने प्रयास, बाजुरामा आफ्नै दाजुलाई जिताउन सेटिङ गरेको, कुमारी बैंकको घोटाला काण्डमा मुछिएका व्यक्तिलाई छुटाउन मुद्दा कमजोर पार्ने प्रयास, भक्तपुरको चाँगुनारायण इन्जिनियरिङ कलेजमा भएका भ्रष्टाचारका आरोपीको मुद्दा कमजोर पार्न लागेको, बालुवाटार जग्गा काण्डमा मुछिएका व्यक्तिलाई महान्यायाधिवक्ता खातीले मुद्दा कमजोर पार्ने काममा लागेको आरोप लगाउँदै प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई तत्काल बर्खास्त गर्नुपर्ने माग गरे ।

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  २ : ०५ बजे

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा