जर्मनीमा चार बर्षीया बालिकामा पनि मङ्कीपक्स सङ्क्रमण « Khabarhub

जर्मनीमा चार बर्षीया बालिकामा पनि मङ्कीपक्स सङ्क्रमण


२५ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- युरोपेली मुलुक जर्मनीमा बच्चामा पनि मङ्कीपक्सको सङ्क्रमण भेटिएको पाइएको छ । जर्मनीकी एकजना चार बर्षीया बालिकामा यो सङ्क्रमण पाइएको जर्मनीको रोबर्ट कोच इन्स्टिच्युटले जनकारी दिएको हो ।

उक्त इन्स्टिच्युटले दिएको जानकारीअनुसार यहाँ १५ र १७ वर्षका दुई जना किशोर सङ्क्रमित रहेका र उनीहरुसँगै बस्दै आएकी यी बालिकामा पनि सो सङ्क्रमण भेटिएको छ ।

जर्मनीमा गएको मे महिनादेखि मङ्कीपक्सको सङ्क्रमण देखिएको हो । त्यहाँ अहिलेसम्म दुई हजार नौसय भन्दा बढीमा यो सङ्क्रमण भेटिइसकेको छ । तर बच्चामा भने यो पहिलो पटक पाइएको बताइएको छ ।

अहिले विश्वका दर्जनौँ देशमा यो सङ्क्रमण भेटिएको छ र ती देशमध्ये सबैभन्दा बढी अमेरिकामा नै यसको सङ्क्रमण बढ्दो छ । पछिल्लो तथ्यांकअनुसार अमेरिकामा मात्र मङ्कीपक्सका आठ हजार नौसय भन्दा बढीमा यो सङ्क्रमण भेटिएको पाइएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  ३ : ३६ बजे

कांग्रेस उपसभापतिमा विनोद चौधरीको उम्मेदवारी दर्ता

काठमाडौँ – उद्योगी एवं कांग्रेस नेता विनोद चौधरीले नेपाली कांग्रेसकक

साइबेरियाको प्लेग सेन्टरमै प्राविधिकको मृत्यु : ट्रम्प प्रशासनको कडा निगरानी 

 काठमाडौँ– रुसको साइबेरियास्थित एक संवेदनशील प्लेग अनुसन्धान केन्द्रमा कार्यरत युवा महिला

कांग्रेस महाधिवेशन : महामन्त्रीमा डा. डिला संग्रौलाको उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसकी नेतृ डा. डिला संग्रौलाले पार्टीको १५औँ

सञ्जय दत्तले भारतबारे के भने- जसले सामाजिक सञ्जालमा मच्चियो हलचल ?

काठमाडौं– भारतीय अभिनेता सञ्जय दत्तको एउटा टेलिभिजन अन्तर्वार्तामा बोलेको कुरा

मतदाता सूची विवादमा निर्वाचन प्रमुखको राजीनामा माग

नयाँदिल्ली– विवादास्पद मतदाता सूची संशोधनको विरोधमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश