तोकिएकै समयमा निर्वाचन हुन्छ : मन्त्री पौडेल « Khabarhub

तोकिएकै समयमा निर्वाचन हुन्छ : मन्त्री पौडेल


२५ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले तोकिएकै समयमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न हुने बताएका छन् ।

मन्त्री पौडेलले आज हेटौडामा प्रेस सेन्टर मकवानपुरद्वारा आयोजित पत्रकार सम्मेलनमा चुनावमा हारजित जसको भए पनि लोकतान्त्रिक प्रणाली स्थापित गर्न तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्नु प्रमुख लक्ष्य भएको बताए।

नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्यसमेत रहेका उनले निर्वाचन सम्पन्न गर्ने सन्दर्भमा निर्वाचन आयोगमार्फत आवश्यक तयारी भइरहेको जानकारी दिए। निर्वाचन निष्पक्ष, धाँधलीरहित र भयरहित वातावरणमा सम्पन्न हुने उनको भनाइ थियो ।

मन्त्री पौडेलले स्थानीय तहको निर्वाचनको नतिजालाई समीक्षा गर्दै सङ्गठनात्मक र वैचारिक रुपमा नयाँपन ल्याएर निर्वाचनमा सहभागी हुने उल्लेख गरे। पौडेलले वामपन्थी पार्टीसँग एकता गरिने र समाजवादी केन्द्र बनाउने विषयमा समेत छलफल भइरहेको बताए।

मन्त्री पौडेलले तीनै तहको सरकार स्थापित नहुन्जेल गठबन्धन कायमै रहने प्रष्ट पारे।

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  ६ : २५ बजे

सुनसरीमा गोली लागेर एक जनाको मृत्यु

काठमाडौं – सुनसरीमा गोली लागेर एक जनाको मृत्यु भएको छ।

बीपी राजमार्ग : रोशीखोला बगरैबगरको यात्रा (तस्बिरहरू)

काभ्रे– गत वर्षको असोज दोश्रो साता आएको बाढीपहिरोले क्षतिग्रस्त बीपी

सन् २०२५ : ‘ऊनको स्वीटर’ र दुर्गेशका गीतको वर्चस्व

काठमाडौं – सन् २०२५ बुधबार रातिबाट बिदा भएकाे छ ।

डलर सटहीको प्रलोभन देखाएर ठगी गर्ने हिरोहमा संलग्न चार जना पक्राउ

काठमाडौं – सिन्धुपाल्चोक प्रहरीले सस्तो दरमा डलर सटही गरिदिने भन्दै

भरुवा बन्दुकसहित पाँच जना पक्राउ

सुर्खेत– जाजरकोट प्रहरीले भरुवा बन्दुकसहित पाँच जनालाई पक्राउ गरेको छ