सावित्राले पाँच गोल गर्दा गोकुलमको सहज जित « Khabarhub

सावित्राले पाँच गोल गर्दा गोकुलमको सहज जित


२५ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली राष्ट्रिय महिला टोलीकी फरवार्ड सावित्रा भण्डारी सम्मिलित गोकुलम केरेलाले केरेला महिला लिग २०२२ मा केरेला युनाइटेट एफसीलाई ११–० ले पराजित गरेको छ ।

बुधबार उद्घाटन खेलमा सावित्राले एक्लै पाँच गोल गरिन् । यस्तै, सन्ध्याले दुई गोल गर्दा कप्तान कश्मिना, रेश्मा, एड्जिल र हर्मिलानले समान एक गोल गरे ।

पहिलो खेलमा पाँच गोल र दुई असिस्ट गरेकी सावित्रा प्लेयर अफ दी म्याच घोषित भइन् । सावित्राले खेलको ३, ९, २७, ३५ र ५७ औँ मिनेटमा गोल गरेकी थिइन् । उनी ६० औँ मिनेटमा मैदान बाहिर भइन् ।

१० टोली सहभागी केरेला लिगको च्याम्पियन टोली आईलिगमा छनोट हुनेछ । सावित्रासँगै नेपाली राष्ट्रिय टोलीकी अर्की सदस्य दीपा न्यौपानेले केरेला लिग खेल्नेछिन् । डन बस्को फुटबल एकेडेमीमा अनुबन्ध दीपा आज त्यसतर्फ प्रस्थान गरेकी छिन् ।

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  ६ : ५१ बजे

सुनसरीमा गोली लागेर एक जनाको मृत्यु

काठमाडौं – सुनसरीमा गोली लागेर एक जनाको मृत्यु भएको छ।

बीपी राजमार्ग : रोशीखोला बगरैबगरको यात्रा (तस्बिरहरू)

काभ्रे– गत वर्षको असोज दोश्रो साता आएको बाढीपहिरोले क्षतिग्रस्त बीपी

सन् २०२५ : ‘ऊनको स्वीटर’ र दुर्गेशका गीतको वर्चस्व

काठमाडौं – सन् २०२५ बुधबार रातिबाट बिदा भएकाे छ ।

डलर सटहीको प्रलोभन देखाएर ठगी गर्ने हिरोहमा संलग्न चार जना पक्राउ

काठमाडौं – सिन्धुपाल्चोक प्रहरीले सस्तो दरमा डलर सटही गरिदिने भन्दै

भरुवा बन्दुकसहित पाँच जना पक्राउ

सुर्खेत– जाजरकोट प्रहरीले भरुवा बन्दुकसहित पाँच जनालाई पक्राउ गरेको छ