बेलायतद्वारा चिनियाँ राजदूतसँग स्पष्टीकरण माग « Khabarhub

बेलायतद्वारा चिनियाँ राजदूतसँग स्पष्टीकरण माग


२५ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बेलायतले बुधबार चिनियाँ राजदूतलाई विदेश मन्त्रालयमा बोलाएर बेइजिङको ‘आक्रामक व्यवहार’ र हालैका दिनमा ताइवानलाई लक्षित गरी गरिएका गतिविधि बढेकोबारे स्पष्टीकरण माग गरेको छ ।

बेलायती विदेशमन्त्री लिज ट्रसले ताइवानको हवाई क्षेत्रमा चिनियाँ क्षेप्यास्त्र प्रक्षेपण र घुसपैठबारे जानकारी दिन आफूले राजदूत झेङ जेगुआङसँग छलफल गरी जानकारी लिएको बताइन् ।

गत साता अमेरिकी सभामुख न्यान्सी पेलोसीले उक्त टापुको भ्रमण गरेपछि सैन्य अभ्यास सुरु भएको थियो ।

‘बेलायत र साझेदारहरूले ताइवान वरपरको क्षेत्रमा चीनको गतिविधि वृद्धिको आलोचना गरेका छन्, जुन हाम्रो हालैको जी–७ वक्तव्यबाट देखिएको छ,” ट्रसले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

“मैले चिनियाँ राजदूतलाई बोलाएर आफ्नो देशको गतिविधिबारे स्पष्ट पार्न निर्देशन दिएँ ।”

“हामीले हालैका महिनाहरूमा बेइजिङको तर्फबाट बढ्दो आक्रामक व्यवहार र भनाइ देखेका छौं, जसले यस क्षेत्रको शान्ति र स्थिरतालाई खतरामा पारेको छ ।”

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  ७ : ४० बजे

काँकरभिट्टाबाट नाकाबाट चार महिनामा छ अर्बको पेट्रोलियम पदार्थ आयात

झापा – चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वीनाका

धोबी खोलामा साइकलसहित भेटिएको शवको पहिचान

काठमाडौं – धोबी खोलामा साइकलसहित भेटिएको शवको पहिचान खुलेको छ।

नेवार समुदायमा योमरी पुन्हीको महिमा

काठमाडौं – नेवार समुदायको परम्परागत संस्कृतिमा योमरी पुन्ही एक विशेष

दूध पिउन जाने अमृत, नजाने विष : डा. ओम मूर्ति

हाम्रो भान्सामा दैनिक प्रयोग हुने दूध स्वास्थ्यका लागि कति फाइदाजनक

होटलको छतबाट खसेर किशोरीको मृत्यु

चितवन – चितवनको रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको