नेकपा एसको बैठक : उम्मेदवार छनोटको मापदण्ड तय गर्ने जिम्मा महासचिवलाई « Khabarhub

नेकपा एसको बैठक : उम्मेदवार छनोटको मापदण्ड तय गर्ने जिम्मा महासचिवलाई


२५ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एकीकृत समाजवादीले आगामी संघीय निर्वाचन लक्षित गर्दै चार निर्णय गरेको छ ।

आज बसेको एकीकृत समाजवादीको ३४ औं सचिवालय बैठकले घोषणापत्र मस्यौदा तयार गर्ने लगायतको जिम्मेवारी दिएको छ ।
पार्टीको तर्फबाट आगामी निर्वाचनका लागि जारी गर्ने घोषणापत्र मस्यौदा गर्न उपमहासचिव प्रकाश ज्वाला, गंगालाल तुलाधर र डा विजय पौडेललाई दिने निर्णय गरेको छ ।

त्यस्तै प्रत्यक्ष र समानुपातिक दुवै तर्फका उम्मेदवार छनोट गर्ने मापदण्ड एवं निर्णय प्रकृयाका सम्बन्धमा प्रस्ताव तयार गरी अर्को बैठकमा पेस गर्न महासचिव बेदुराम भुसाललाई जिम्मा दिन निर्णय गरेको छ ।

तेस्रो निर्वाचन निर्देशिका मस्यौदा तयार गर्न निर्वाचन विभागलाई जिम्मेवारी दिएको छ ।त्यसै गरि बैठकले दल दर्ता सम्बन्धी आवश्यक काम गर्न उपमहासचिव गंगालाल तुलाधरलाई जिम्मा दिने निर्णय गरेको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  ८ : २८ बजे

सुनसरीमा गोली लागेर एक जनाको मृत्यु

काठमाडौं – सुनसरीमा गोली लागेर एक जनाको मृत्यु भएको छ।

बीपी राजमार्ग : रोशीखोला बगरैबगरको यात्रा (तस्बिरहरू)

काभ्रे– गत वर्षको असोज दोश्रो साता आएको बाढीपहिरोले क्षतिग्रस्त बीपी

सन् २०२५ : ‘ऊनको स्वीटर’ र दुर्गेशका गीतको वर्चस्व

काठमाडौं – सन् २०२५ बुधबार रातिबाट बिदा भएकाे छ ।

डलर सटहीको प्रलोभन देखाएर ठगी गर्ने हिरोहमा संलग्न चार जना पक्राउ

काठमाडौं – सिन्धुपाल्चोक प्रहरीले सस्तो दरमा डलर सटही गरिदिने भन्दै

भरुवा बन्दुकसहित पाँच जना पक्राउ

सुर्खेत– जाजरकोट प्रहरीले भरुवा बन्दुकसहित पाँच जनालाई पक्राउ गरेको छ