काठमाडौँ- आज दिनभर तंथ्याक र सपथ सम्बन्धी विद्येयक संसदबाट पारित, , समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम भदौ ८ देखि सुरु हुने, नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिले ढिलाई गर्न नहुने प्रचण्डकाे भनाइ, थप ८ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि, बझाङ घटनाको अनुसन्धान सुरु लगायतका समाचारले प्रमुख स्थान पाए ।
यी हुन् आज दिनभरका मुख्य समाचारहरू:
तंथ्याक र सपथ सम्बन्धी विद्येयक संसदबाट पारित
‘तथ्याङ्क विधेयक, २०७८’ प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट गृहमन्त्री बालकृष्ण खाँणले राष्ट्रियसभाको सन्देश सहितको सो विधेयक प्रस्तुत गरेका हुन ।
सो क्रममा उनले तथ्याङ्क विभागको कार्यालय ३३ जिल्लामा रहेको र ७७ जिल्ला हेर्नुपर्ने हुँदा सबै जिल्लामा कार्यालय विस्तार गर्ने र कर्मचारीको क्षमता अभिवृद्धि गराउन आवश्यक हुने बताए ।
तथ्याङ्क सङ्कलन गर्नु सरकारको दायित्व रहेको र देशभरका हरेक विषयको तथ्याङ्क सङ्कलन र उपयोग गर्न पनि यसले सहयोग गर्ने उनको भनाइ छ ।
त्यसअघि बैठकमा सांसदहरुले विधेयकले तथ्याङ्कको विश्वस्तरको मान्यता, शुद्धता, गोपनीयताको विषयलाई समेत ध्यान दिनुपर्ने धारणा राखेका थिए । त्यसै सपथ सम्बन्धी विधेयक पनि पािरत गरिएकाे छ ।
समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम भदौ ८ देखि सुरु हुने
निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम भदौ ८ देखि सुरु गर्ने भएको छ ।
आयोगको आज बसेको बैठकले निर्वाचन कार्यक्रम स्वीकृत गर्दै राजनीतिक दलहरुले उम्मेदवारको बन्दसूची असोज २ र ३ गते पेस गर्नुपर्ने समय सिमा तोकेको हो । आयोगले समानुपातिक निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलले भदौ ८ मा निवेदन दिन सूचना आह्वान गर्ने जनाएको छ ।
भदौ १० देखि १२ गतेसम्म दलहरुले निवेदन पेस गर्नुपर्ने छ । हुन्छ । सो निवेदन १३ गते आयोगले प्रकाशन गर्नेछ ।यस्तै भदौ १५ मा अन्तिम नामावली प्रकाशन गरेर निर्वाचन चिह्न प्रदान गर्ने आयोगको निर्वाचन कार्यक्रममा जनाइएको छ ।
उम्मेदवारको बन्दसूची असोज २२ मा प्रकाशन गर्ने कार्यसूची आयोगले निर्धारण गरेको छ । असोज २३ मा प्रतिनिधि र प्रदेशसभाको प्रत्यक्षतर्फको उम्मेदवार मनोनयन दर्ता गर्ने आयोगको तयारी छ ।
नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिले ढिलाई गर्न नहुने प्रचण्डकाे भनाइ
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहालले नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिले ढिलाई गर्न नहुने बताएका छन् ।
जापान भ्रमण सम्पन्न गरेर आज स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै प्रचण्डले नागरिकता विधेयक राष्ट्रपतिले रोक्नुहुन्छ जस्तो आफुलाई नलागेको र ढिला पनि गर्न नहुने बताएका हुन्।
त्यस्तै प्रचण्डले पार्टी पदाधिकारी पनि छिटै टुङ्गाउने जिकिर गरे ।उनले आफ्नो चीन भ्रमणका बिषयमा पनि छलफल भइरहको जानकारी दिए ।
प्रचण्डले जापान भ्रमणका क्रममा नेपाली समूदायसंग बिशेष अन्तक्रिया बहस कार्यक्रम गरेको र जापानमा भएका नेपालीहरु धेरै खुसी भएको पाएको बताए ।
सरकारले स्वास्थ्य शिक्षालाई नै निषेध गर्न खाेजेकाे ओलीकाे आरोप
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले स्वास्थ्य शिक्षालाई नै निषेध गर्ने गतिविधिलाई बढावा दिइरहेको आरोप लगाएका छन् ।
काठमाडौंमा आज आयोजित कृषि वैज्ञानिकहरूसँगको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् । कृषिको उपज बढाउनका लागि प्रविधिको प्रयोगमा जोड दिनुपर्नेमा उनले जोड दिए ।
कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गरी मुलुकमा आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्ने भन्दै अध्यक्ष ओलीले त्यसका लागि नेपालमा कृषि बजारको अभाव नभएको दाबी गरे ।
भारतसँगको आफ्नो सिमानामा काँडेतार लगाउनुपर्ने रावलकाे भनाइ
नेकपा (एमाले) का नेता भीमबहादुर रावलले नेपालले भारतसँगको आफ्नो सिमानामा काँडेतार लगाउनुपर्ने बताएका छन । काठमाडौंमा आज कलाकार नवल खड्काले निर्माण गरेको चलचित्र ‘काँडेतार’ का बारेमा जानकारी दिन आयोजित कार्यक्रममा रावलले यस्तो बताएका हुन्।
त्यस्तै नेकपा (माओवादी केन्द्र) का नेता देवप्रसाद गुरुङले सबैखाले बाहृय हस्तक्षेपको विरुद्धमा नेपाल लड्नुपर्ने र यसका लागि सबै एकताबद्ध भएर अघि बढ्नुको विकल्प नरहेको धारणा राखे । गुरुङले नागरिकता विद्येयकको पनि विरोध गर्दै नेपालीहरुलाई अल्पमतमा पार्ने षड्यन्त्र भएको तर्क गरे ।
त्यस्तै नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले नेपालले आफ्नो सिमानालाई व्यवस्थित् गर्नुपर्नेमा जोड दिए । त्यस्तै, नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले नेपालमा राष्ट्रियतामाथि प्रहार हुँदा सबै मिलेर त्यसलाई जोगाउने काम गरेको जिकिर गरे ।
थप ८ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि
नेपालमा थप ८ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ३ हजार ६ सय १४ पिसिआर परिक्षणका क्रममा ४ सय ९६ जना र ३ हजार ९१ एन्टीजेन परिक्षणका क्रममा ३ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोनाका कारण थप ३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ४ सय १४ संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा ५ हजार ८ सय ८५ सक्रिय संक्रमित आइशालेशनमा रहेको मन्त्रालयले जनाएको छ ।
कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
पूर्व–पश्चिम राजमार्गस्थित सर्लाहीको हरिवनमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
कारको ठक्करबाटआज विहान मोटरसाइकलमा सवार हरिवन नगरपालिका–११, निवासी ३८ वर्षीय गुरुप्रसाद ढुंगेल गम्भीर घाइते भएका थिए । घाइते ढुंगेलको उपचारको क्रममा बिरगंज अस्पतालमा मृत्यु भएको हो ।
ढुंगेल सवार पूर्वबाट पश्चिमतर्फ आइरहेको ना३३प २२९५ नम्बरको मोटरसाइकललाई विपरित दिशाबाट आएको बा७च ९२२२ नम्बरको कारले ठक्कर दिएको थियो । घटनामा संलग्न कार चालकलाइ प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ ।
बझाङ घटनाको अनुसन्धान सुरु
बझाङमा एकै परिवारका तीनजना मृत भेटिएको घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ । घटनास्थलमा रहेको ईलाका प्रहरी कार्यालय बुंगलको टोलीले घटनाका बारेमा सोधपुछ गरिरहेको छ ।
जिल्लाको बुङ्गल नगरपालिका–९ रारुमा स्थानीय पुष्कर पार्कीकी श्रीमती २२ वर्षीया गीता पार्की, पाँच वर्षीया छोरी भूमिका र तीन वर्षीय छोरा मोहित झुण्डिएको अवस्थामा आज मृत फेला परेको थियो ।
गिताको श्रीमान् हिजो मात्र भारतबाट आएको पाइएको प्रहरीले जनाएको छ । मृतकका श्रीमान् पुष्करसगँ प्रहरीले सोधपुछ गरिरहेको छ ।
प्रतिक्रिया