नागरिकतामा अपमानित नाम राख्ने व्यक्तिलाई कारबाही हुनुपर्छ : दलित आयोग « Khabarhub

नागरिकतामा अपमानित नाम राख्ने व्यक्तिलाई कारबाही हुनुपर्छ : दलित आयोग


२५ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ- राष्ट्रिय दलित आयोगले आफ्नो समुदायका केही व्यक्तिको नागरिकतामा उल्लेख गरिएको नाममा भेदभावप्रति आपत्ति जनाएको छ ।

दलित समुदायका केही व्यक्तिलाई नागरिकता वितरण गर्दा ‘कुकुर कामी, कुुकुर्नी कामी’ र ‘कुत्ता कामी’ जस्ता नाम लेखेर दलितलाई अपमान गरेको भन्दै आयोगले आपत्ति जनाएको हो ।

आज यहाँ आयोजित साक्षात्कारमा आयोगका अध्यक्ष देवराज विश्वकर्माले नागरिकतामा देखिएको विभेदले नागरिकता लिने व्यक्तिलाई मात्र नभएर त्यसको असर तिनका पुस्तौँपुस्तासम्म पर्ने उल्लेख गरे । आयोगले नागरिकतामा राखिएको थर सच्चाउनका लागि संशोधनको कुरा उठाउँदै आएको उनको भनाइ छ ।

कार्यक्रममा सांसद अञ्जना बिसंखे, भुवन सुनार, सामाजिक अभियन्ता प्रदीप परियारलगायतले दलितका मुद्दामा राज्य गम्भीर हुनुपर्ने बताए ।

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  ८ : ५० बजे

सुनसरीमा गोली लागेर एक जनाको मृत्यु

काठमाडौं – सुनसरीमा गोली लागेर एक जनाको मृत्यु भएको छ।

बीपी राजमार्ग : रोशीखोला बगरैबगरको यात्रा (तस्बिरहरू)

काभ्रे– गत वर्षको असोज दोश्रो साता आएको बाढीपहिरोले क्षतिग्रस्त बीपी

सन् २०२५ : ‘ऊनको स्वीटर’ र दुर्गेशका गीतको वर्चस्व

काठमाडौं – सन् २०२५ बुधबार रातिबाट बिदा भएकाे छ ।

डलर सटहीको प्रलोभन देखाएर ठगी गर्ने हिरोहमा संलग्न चार जना पक्राउ

काठमाडौं – सिन्धुपाल्चोक प्रहरीले सस्तो दरमा डलर सटही गरिदिने भन्दै

भरुवा बन्दुकसहित पाँच जना पक्राउ

सुर्खेत– जाजरकोट प्रहरीले भरुवा बन्दुकसहित पाँच जनालाई पक्राउ गरेको छ