भारतमा प्रशिक्षण लिएर २५ अफगान सैनिक स्वदेश फिर्ता « Khabarhub

भारतमा प्रशिक्षण लिएर २५ अफगान सैनिक स्वदेश फिर्ता


२५ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतमा तालिम लिएका अफगानिस्तानका सैनिकहरुलाई राजधानी काबुलमा स्वागत गरिएको छ ।

भारतको उत्तराखण्ड राज्यको देहरादुनस्थित भारतीय सैनिक विद्यालयमा प्रशिक्षण लिएका २५ जना अफगान सैनिक स्वदेश फर्केका हुन् ।

उनीहरुलाई राजधानी काबुलको विमानस्थलमा स्वागत गरिएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

गत वर्षको अगस्ट महिनामा तालिबानले शासन आफ्नो हातमा लिनुअघि ती अफगान सैनिक प्रशिक्षणका लागि भारत पुगेका थिए ।

मुलुकको सुरक्षालाई मजबुत बनाउन तालिबानले भारतमा प्रशिक्षण लिएका सैनिकहरुको तैनाथी गर्ने स्रोतलाई उद्धृत गर्दै एएनआईले जनाएको छ ।

यद्यपि तालिबानले शासन हातमा लिएसँगै अफगानिस्तानमा राष्ट्रिय सेनाको अस्तित्व नरहेकाले भविष्यमा यस्ता प्रशिक्षण कार्यक्रमको सम्भावना भने न्यून रहेको जनाइएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  ५ : ५४ बजे

वर्ष २०८२ : राजनीतिक ‘सुनामी’को वर्ष, यी हुन् मुख्य घटनाक्रम

काठमाडौँ– राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर

इरानी बन्दरगाहमा नाकाबन्दी गर्ने ट्रम्पको चेतावनीले तेल प्रतिब्यारेल १०० डलर नाघ्यो

काठमाडौँ – अमेरिका र इरानबीचको वार्ता कुनै निष्कर्षबिना टुङ्गिएपछि विश्व

केही भूभागमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

नाकाबन्दी गर्ने ट्रम्पको चेतावनीपछि इरानले भन्यो- ‘अमेरिकी धम्कीले झुक्दैनौँ’

वासिङ्टन– इरानले आत्मसमर्पण नगर्ने चेतावनी दिएको केही घण्टाभित्रै अमेरिकी सेनाले

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

काठमाडौँ– कालीगण्डकी जलाशयुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने