ग्रीसमा डुङ्गा डुब्दा दर्जनौं बेपत्ता « Khabarhub

ग्रीसमा डुङ्गा डुब्दा दर्जनौं बेपत्ता


२५ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एजियन सागरको रोड्स टापुमा गत राति शरणार्थी र आप्रवासी बोकेको डुङ्गा डुब्दा दर्जनौँ व्यक्ति बेपत्ता भएका छन् । दुर्घटनामा परेका अन्य २९ जनालाई उद्धार गरिएको ग्रीसको तटरक्षक बलले बुधबार जनाएको छ ।

रोड्सको दक्षिणमा रहेको समुद्री क्षेत्रमा तटरक्षक बलका दुई जहाज, ग्रीक नौसेनाको जहाज, नजिकैका अन्य तीन जहाज र वायु सेनाको एक हेलिकप्टरले हराइरहेका मानिसहरूको खोजी तथा उद्धार कार्य जारी राखेको ग्रीसका अधिकारीहरूले बताएका छन् ।

यस क्षेत्रमा व्यापक आँधी आएका कारण तत्काल उद्धार कार्यमा बाधा पुगेको थियो ।

टर्कीको भूमध्यसागरीय तटको सबैभन्दा ठूलो शहर अन्टाल्याबाट दुई दिनअघि इटालीलाई अन्तिम गन्तव्य बनाई छुटेका डुङ्गामा ६० देखि ८० जना सवार रहेको ग्रीसको तटरक्षक बलले इमेलमार्फत जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

सन् २०१५ मा शरणार्थी र आप्रवासीहरूको ठूलो प्रवाह सुरु भएयता १० लाखभन्दा बढी मानिस ग्रीस पुगिसकेका छन् । सन् २०१६ को हिउँदमा बाल्कन मार्गको सीमा बन्द नहुँदासम्म अधिकांशले युरोपका अन्य देशहरूमा आफ्नो यात्रा जारी राखेका थिए ।

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  १० : ४५ बजे

इजरायलमा विपक्षी नेता आइजेनकोटलाई सरकार गठनको जिम्मेवारी

काठमाडौँ– इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले पूर्व सेना प्रमुख तथा विपक्षी

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा पोखरा महानगरको अनुगमन

कास्की– पोखरा महानगरपालिकाले तिहारमा प्लास्टिकका कृत्रिम फूलमालाको प्रयोग निरुत्साहित गर्दै

कोप–३१ : परराष्ट्रमन्त्री खनाल टर्कीको अन्ताल्यामा

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

स्पेनिस ला लिगा : भ्यालेन्सियाविरुद्ध रियल मड्रिडको सानदार जित

काठमाडौँ– स्पेनिस ला लिग फुटबलमा रियल मड्रिडले सानदार जित निकालेको

श्रीगजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा नवलपुरमा

नवलपुर– हिन्दू धर्मावलम्बीहरूको पवित्र धार्मिकस्थल मुक्तिनाथबाट कात्तिक ८ गतेदेखि सुरु