'म नेपालको अत्यन्तै भाग्यमानी संगीतकार हुँ' | Khabarhub Khabarhub

‘म नेपालको अत्यन्तै भाग्यमानी संगीतकार हुँ’

‘अब गीत संगीतमा सेन्सर धेरै आवश्यकता भैसक्यो’



सबै नेपालीको मन छुन सक्ने धेरै सुन्दर संगीतका सर्जक हुन्, राजु सिंह । नेपाली सांगीतिक क्षेत्रमा तीन दशक लामो समय बिताएका उनी कुशल संगीतकार पनि हुन्। सन् १९९९ मा त्रिभुवन विश्वविद्यालयबाट उनले अर्थशास्त्रमा मास्टर डिग्री गरेका छन् । यस्तै सन् १९९७ मा भारतको प्रज्ञा संगीत विश्वविद्यालयबाट डिप्लोमा र सन् २००८ मा इङ्गल्याण्डको ट्रिनिटी म्युजिक कलेजबाट आठ तहको डिप्लोमा पनि उनले पूरा गरेका छन् । उनले आफ्ना करिब २२ एकल एल्बमका लागि संगीत निर्देशन गरेका छन् । धेरै लोकप्रिय नेपाली गायकहरूसँग विभिन्न एल्बमका लागि संगीत निर्देशन गरेका छन्। नेपाली संगीतमा पार्श्व संगीत निर्देशकको रुपमा काम गरिसकेका उनी एफएम रेडियोका कथा र टिभि च्यानलका सिरियल जिङ्गल रचना पनि गर्छन । उनको गीत संगीत यात्राबारे खबरहबका लागि सेसेमी लिम्बुले गरेको कुराकानीको सम्पादित अंशः

तपाईंको संगीत यात्रा कसरी प्रतिबिम्बित गर्नुहुन्छ ?
मैले संगीत गर्न थालेको तिन दशक भन्दा बढी हुनलाग्यो । तर, आदरणीय स्रोता दर्शक त्यसैगरी मिडियाकर्मी र संगीतमा आवद्ध हुनु भएका सम्पूर्ण गायक, संगीतकार, रेकर्डिस्ट, वाद्यवादक र विश्वभरीका नेपालीहरुको सदैव साथ र मायाले जस्तो लाग्छ । उहाँहरुले मलाई संगीतबाट बाहिर निस्किन दिनु भएन । त्यसको अलावा मैले मेरो कलेजमा पढाउदा होस् वा स्कुलमा पढाउदा होस् । सबैले साथ दिइरहनु भएको छ । तीन दशक मेरो लामो सांगीतिक यात्रामा जहिले पनि सिर्जनामै लाग्न पाए र अन्य काम गर्न पाए र मलाई लाग्छ कि म नेपालको अत्यन्तै भाग्यमानी संगीतकार हो ।

सांगीतिक क्षेत्रमा दीर्घकालीन रुपमा रहिरहन के कुराको आवश्यकता रहेछ ?
गीताको एउटा भनाइ छ, कर्म गर तर फलको आशा नगर । यही भनेको जस्तै यस्तो एउटा समय आउने रहेछ कि हामीले आफ्नो मौलिकता बचाउन जरुरि छ । हामीले आफू को हुँ भन्ने बुझ्न जरुरी छ । त्यसपछि साधना मेहनत गर्न जरुरि छ । हाम्रो अग्रजदेखि नँया प्रतिभाका सबै पुस्तासँग काम गर्न सक्ने र अध्ययन गर्न सक्ने क्षमता हुन जरुरी छ । हाम्रो अग्रज आदर्श संगीतकार आदरणीय अम्बर गुरुङलाई हामीले राम्रो संगीतकार बन्न के गर्नु पर्छ भन्ने प्रश्नमा उहाले हामी सबैभन्दा पहिले राम्रो मान्छे बन्नु पर्छ र राम्रो मान्छे बनेपछि जे कुरा गर्दा पनि राम्रो हुन्छ भन्नुहुन्थ्यो । त्यसकारणले मलाई लाग्छ, मैले कतिवटा काम गरे । कतिवटा चर्चित गीत दिए, कतिवटा एल्बम गरेँ भन्दा पनि तीन दशकसम्म काम गर्दा मेरो लगनशीलता मेरो इमान्दारिता मेरो साधना र मेरो बहुमुखी कामहरु जहा सबै विधाका संगीतहरु जस्तै सुगम संगीत आधुनिक, लोक, फिल्मी संगीत र रेडियोका जिंगल लगायत अन्य धेरै कामहरु गरेको छु भनिरहदा राजु सिंह बनाउन पुरानादेखि नयाँ सबै पुस्ताको व्यक्तिहरु लाग्नु भएको छ । सफल हातहरुले मेरो जग बसाल्न मलाई कुनै बेला आत्तिदा सम्हाल्न र मात्तिदा पनि सम्हालिदिनु हुन्छ र मलाई साधना गर्नलाई प्रेरणा दिनु हुन्छ ।  सम्पूर्ण पुस्ताको राम्रो अल्बम बन्नको लागि राजु सिंहको नाम पर्यायवाचीमा रहन्छ । जुन खुशीको कुरा हो । त्यहि विश्वास, सम्मान, माया र आत्मियतालाई मैले बचाउन सक्छु कि सक्दिन भन्ने कुराहरु अत्यन्तै चुनौतिपूर्ण लाग्छ ।

तपाईंका कालजयी संगीत सिर्जनाका अगाडिका प्रेरणा दिने पक्षहरु के हुन् ?
सबैभन्दा पहिलो कुरा मैले संगीतबाट पाउछु भन्दा पनि संगीतमा दिन्छु भनेर मैले सुरुमा स्रस्टा हुन । म पहिले आफै स्रोता पाठक भएँ । मैले राम्रो स्रोता दर्शक पाठक बन्छु भनेर पनि संगीतको ज्ञान लिएको हो । मेरो पृष्ठभुमिमा मेरो बुवा वरिष्ठ वाद्यवादक हुनुन्थ्यो । शिक्षा मन्त्रालयमा उच्च पदमै रहेर बस्नु भएको थियो । उहाँले मलाई शिक्षाको महत्व बुझाइदिनु भयो । तिमी गुच्चा खेले पनि पढेर खेल्नु पर्छ । बेरोजगार भएपनि यति पढेको छ । तर, काम मात्र नगरेको हो भन्ने हुन्छ समाजमा । अध्ययन जस्तो ठूलो साथी केहि पनि रहेनछ । हामी जब किताब लिएर बस्छौ । कसैले पनि बाधा पुर्याउन आउदैन । म पनि अत्यन्त अध्ययनशील रहेको छु ।

अहिलेको पुस्ताको संगीत कस्तो पाइरहनु भएको छ ?
अहिलेको पुस्ताले जस्तो संगीत गरिरहनु भएको छ । त्यो मलाई राम्रै लागिरहेको छ । तर, शब्द र साहित्यको कुराहरुमा जे पनि संगीत हुन्छ भनेर जसरि प्रयोग गरिएको पाइरहेका छौ। स्रोता र मिडियाहरुले पनि अलिकति दोहोरो जाँच गर्न जरुरी छ । अहिले जस्तै उपयुक्त्त नहुने संगीत र शब्द प्रयोग गरिन्छ । उहाहरुले बुझ्नु भएपछी आफै पश्चाताप हुन्छ । यी कुराहरु समय, उमेर र अध्यन अनुसार परिवर्तन हुदै जान्छन् । संगीतमा परिपक्वता समय अनुसार नै आउँछ । अहिले जो नेपाली संगीतमा अनुचित फैलाउने व्यक्तिहरु संलग्न हुनुहुन्छ । त्यस्तोहरुसँग वास्तविक श्रष्टाहरुले डराउनु पर्ने खासै केहि छैन । अहिले पनि हामीले गीत सुन्नु पर्यो भने त्यहि अग्रज कँहा जान्छौ । मैले कलेजमा पढाउने भएकोले कति भाइ बहिनीहरु देखेको छु । जसको संगीत चयन देखेर म चकित पर्छु उहाँहरुलाई अरुणा लामा, तारा देवी, नारायण गोपाल र अहिलेका मेलोडी गायक शिव परियार, प्रमोद जीहरुकै गीत सुन्न रुचाउनु हुन्छ । त्यसैले नेपालमा सेन्सर बोर्डको आवश्यकता रहेको छ । जहाँ गीतलाई दुई वटा पक्षमा विभाजन गर्यौ भने समस्या आउदैन । त्यसमा एउटा मनोरञ्जन र अर्को वास्तविकता हुन सक्ला ।

कुनै पनि सिर्जना के कुराले भरिपूर्ण हुन जरुरी हुन्छ ?
हामीले भाषा र साहित्यको विकास गर्नुपर्छ । अन्तर्राष्ट्रिय देशहरुमा पनि यी कुराहरुको धेरै विकास भएको पाएका छौँ । हामीले भित्री आगन्तुक भाषाहरुलाई शब्दमा प्रयोग गर्न सकेको खण्डमा एकदम विकास हुनेछ । कुनै एउटा नेपाली विदेश जान्छ भने उ एक्लै गएको हुँदैन । उसंग एउटा धर्म गएको हुन्छ । उसंग सभ्यता, संस्कार, हाम्रो नेपाली संगीत गएको हुन्छ । त्यसैले संसार भरि एउटा नेपाली मान्छे जानु भनेको नेपाल नै जानु हो । र, पक्कै पनि यी कुराहरुबाट नेपालले विश्व बजार पाउछ भनेर विश्वस्त छु ।

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार  १० : १८ बजे

करेन्ट लागेर एक जनाको मृत्यु

भद्रपुर (झापा)– जिल्लाको कनकाई नगरपालिका–१ मा करेन्ट लागेर आज एकजनाको

वीरगञ्जमा कर्फ्यू

काठमाडौं– वीरगञ्जमा कर्फ्यू आदेश जारी गरिएको छ । वीरगञ्जको छप्कैया

समाजवादी प्रेस सङ्गठनद्वारा स्व पत्रकार रजकको परिवारलाई आर्थिक सहयोग

काठमाडौं– समाजवादी प्रेस सङ्गठन नेपालले तीनकुने घटनामा समाचार सङ्कलनका क्रममा

शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्न सभामुख मण्डलको आग्रह

महेन्द्रनगर (धनुषा)– मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले शिक्षा क्षेत्रलाई प्राथमिकतामा

बबरमहल दुर्घटनामा एकको मृत्यु दुई घाइते

काठमाडौं- काठमाडौँमा आज भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ