आकस्मिक उपचार र विपन्न बिरामीलाई रगत निःशुल्क « Khabarhub

आकस्मिक उपचार र विपन्न बिरामीलाई रगत निःशुल्क


२५ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

नुवाकोट -जिल्लाको त्रिशूली अस्पतालले आर्थिकरुपमा विपन्न तथा आकस्मिक उपचार गर्नुपर्ने बिरामीका लागि रगत र रक्ततत्व निःशुल्क उपलब्ध गराउन सुरु गरेको छ ।

त्रिशूली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा दीपेन्द्र पाण्डेका अनुसार शुक्रबारदेखि लागू हुने गरी आर्थिकरुपमा विपन्न र आकस्मिक उपचार गर्नुपर्ने बिरामीलाई चाहिने रगत र रक्ततत्व निःशुल्करुपमा उपलब्ध गराउन सुरु गरिएको हो ।

त्यस्ता बिरामीको लागि रगत परीक्षणबापत लाग्ने शुल्कसमेत नलाग्ने अस्पतालका मेसु डा पाण्डेले जारी गरेको विज्ञप्तिमा भनिएको छ । रगतको समूह परीक्षण र प्रशोधनबापत प्रतिपिन्ट रु आठ सय ५० शुल्क लाग्ने भए पनि आर्थिक अवस्था कमजोर भएका, विपन्न वर्ग, सवारीलगायतका विभिन्न दुर्घटनामा परेका व्यक्तिको लागि सेवा निःशुल्क गरिएको हो ।

त्रिशूली अस्पतालमा कोरोना र डेङ्गु रोगको परीक्षण सेवा निःशुल्क उपलब्ध गराइएको छ । अबदेखि लक्षित वर्गको लागि रगतको परीक्षण र रगतसमेत निःशुल्क उपलब्ध गर्न थालिएको हो ।

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार  ७ : ०६ बजे

एमालेमा टिकट वितरणपछि असन्तोष, योगेश भट्टराईको गम्भीर आपत्ति

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २१

ओलीको तालमेल रणनीति : प्रचण्ड र राप्रपासँग बार्गेनिङका लागि रुकुमपूर्व र झापा–३ खाली राखे

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा

विष्णु पौडेलले छाडे रुपेन्देही–२, पाल्पाबाट निर्वाचन लड्ने

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पाल्पा–२ बाट चुनाव

ओखलढुंगामा यज्ञराज रोकेर अस्मितालाई दिए ओलीले टिकट

काठमाडौं – अनेरास्ववियुबाट राजनीति थालेकी ओखलढुंगाको लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता

यी हुन् एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार

काठमाडौं– नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका उम्मेदवार टुंगो लगाएको