आजको मौसम : यी प्रदेशमा हुँदैछ भारी वर्षा « Khabarhub

आजको मौसम : यी प्रदेशमा हुँदैछ भारी वर्षा


२५ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिणतिर भएकाले देशभरको मौसममा बदली भएको छ।

जसका कारण काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज बिहान दैलेख, डडेल्धुरा र कञ्चनपुर जिल्लाका केही क्षेत्रमा भारी वर्षा भएको छ। लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशको पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। लुम्बिनी र बागमती प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

राति लुम्बिनी र बागमती प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार  ७ : १८ बजे

एलन मस्क फेरि बने विश्वकै धनी व्यक्ति  

न्युयोर्क– एलन मस्क फेरि विश्वकै धनी व्यक्ति बनेका छन् ।

प्रधानमन्त्रीको भारत भ्रमण र सुशासन

लामो प्रतिक्षापछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले भारत भ्रमणमा छन्।

एमालेको सचिवालय बैठक भोलि, के छ एजेन्डा?

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक भोलि

अब गैर आवासीय नेपालीको अधिकार सुनिश्चित भयो : आनन्द विष्ट

काठमाडौँ – गैर आवासीय नेपालीहरूले नागरिकता पाउने बाटो खुलेसँगै नेपाली

प्रधानमन्त्रीको भ्रमणले सीमा विवाद समाधान गर्नुपर्छ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चार दिने औपचारिक भारत भ्रमण हिजोदेखि