आफ्नै खुट्टामा उभिने माध्यम बन्यो सीपमूलक तालिम « Khabarhub

आफ्नै खुट्टामा उभिने माध्यम बन्यो सीपमूलक तालिम


२५ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

बागलुङ – बागलुङ बजारको रामरेखा निवासी चित्रकुमारी रोकाले छ महिना देखि ‘लेडिज टेलरिङ’ नामक कपडा सिलाउने पसल सञ्चालनमा ल्याएकी छिन् । उनले आफ्नै कपडा पसल सञ्चालन गर्ने सोचसमेत बनाएकी थिइनन् तर बागलुङमा रहेको धौलागिरि एकीकृत ग्रामीण विकास केन्द्रले प्रदान गरेको चार महिने सीपमूलक तालिमपछि आफ्नै खुट्टामा उभिन सफल भइन् ।

रोका मात्रै हैन बागलुङ नगरपालिका–८ सिगाना निवासी पूजा परियारले बागलुङ एफएम चोकमा आफ्नै कपडा सिलाइकटाइ पसलको स्थापना गरेकी छन् । रोका र पूजा त एक उदारणीय पात्र मात्रै हुन् । केन्द्रले दिएको सीपमूलक तालिम प्राप्त गर्ने अधिकांशले रोजागारी पाएका छन् भने केहीले आफैँ उद्यम स्थापना गरेका छन् । ‘फुर्सदको समय सदुपयोग गरौँ भनेर तालिमका लागि केन्द्रमा पुगे, चार महिना तालिम सकेपछि मनमा व्यवसाय गर्ने उत्साह छायो, कपडा सिलाइ तालिमपछि आफ्नै पसल राखे, अहिले आफ्नो घर खर्च चलाउन सक्ने भएकी छु’, तालिमपछि आफ्नै व्यवसाय सञ्चालन गर्नुभएकी रोकाले भनिन्, ‘सिलाइकटाइको पहिलो चरणको सीपमूलक तालिमसमेत उत्तीर्ण गरी प्रमाणपत्रसमेत पाउँदा खुसी लागेको छ ।’

टेलरिङ तालिमबाट विशेष गरी एकल महिला तथा दलित र जनजाति महिला बढी लाभान्वित भएका छन् । सिलाइकटाइ तालिम मात्रै नभएर विद्युतीय र ग्रिल उद्योग तालिम प्राप्त युवाले समेत अहिले राम्रो काम पाइरहेका छन् । तालिमपछि वैदेशिक रोजगारीका लागि समेत सहज हुने र नेपालमा समेत आफ्नो खर्च धान्न सक्ने काम पाइने भएकाले विद्युतीय जडानको तालिम सिकेको पर्वत जिल्ला स्थित पाङका सुजन नेपालीले बताए ।

केन्द्रले चार सय २५ लाई चार प्रकारका सीपमूलक तालिम दिएर युवायुवतीलाई आत्मनिर्भरको बाटोमा हिँडाएको छ । केन्द्रले निःशुल्करुपमा विद्युत् जडान, पम्पिङ, सिलाइकटाइ र ग्रिल उद्योगको तालिम दिँदै आएको छ । एकल महिला, दलित, पिछाडिएको बर्ग र एकल महिलालाई प्राथमिकतामा राखेर सीपमूलक तालिम दिइरहेको केन्द्रका अध्यक्ष केबी रानामगरले बताइन् ।

‘हामीले तालिम दिएका धेरैले रोजगारी पाएका छन् केहीले विदेश गएपछि समेत राम्रो काम पाएका छन्, केहीले त आफ्नै व्यवसाय सुरु गरेको पाइएको छ’, मगरले भनिन्, ‘हामीले धेरै भन्न सकिँदैन तालिम दिएका प्रशिक्षार्थीले आफ्नो रोजीरोटीका लागि सहयोग पुगेको छ जुन उनीहरुले गरेको कामबाट पुष्टि भइसकेको छ ।’

केन्द्रले हालसम्म चार सय २५ लाई सीपमूलक तालिम दिइसकेको केन्द्रका प्रोजेक्ट म्यानेजर शालिकराम शर्माले जानकारी दिए । शर्माका अनुसार एक सय २२ ले प्लम्बर, ४५ ले विद्युतीय जडानसम्बन्धी, एक सय ९५ ले सिलाइकटाइ र ६३ ले ग्रिल उद्योगसम्बन्धी तालिम प्राप्त गरेको उनले बताए । तालिम प्राप्त गर्नेमध्ये दुई सय ८७ ले रोजगारी पाएको र ५७ ले आफ्नै व्यवसाय सञ्चालन गरेको र सात जना वैदेशिक रोजगारीका लागि गएको शर्माले सुनाए ।

केन्द्रको रेकर्ड अनुसार तालिम प्राप्त गरिसकेपछि औसतमा विद्युत्को काम गर्नेले रु १९ हजार, टेलरिङको काम गर्नेले रु १३ हजार, ग्रिलको काम गर्नेले रु १८ हजार र प्लम्बरको काम गर्नेले रु १५ हजारसम्म आम्दानी गर्ने गरेका छन् ।

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार  ८ : ०६ बजे

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र